निर्वाचन आयोगले निर्धारण गरेको खर्च भन्दा बढि खर्चिदै उम्मेदवार
जानकारी केन्द्र
२०७४, बैशाख, २४
नवलपरासीको चुनावी होडबाजीले दलहरुको दैनिकी लाख भन्दा बढि खर्च
रबिन्द्र यादव परासी, २४ बैशाखा । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएको छ । दलहरुले विपक्षि दलहरुको चुनाव अभियानलाई फितलो बनाउन विभिन्न चुनावी तरिका अपनाउदै प्रतिस्पधर्मा उत्रिएपछि उम्मेदवारहरुको दैनिकि खर्च लाख नाघ्न थालेको छ ।
निर्वाचन आयोगले नगरपालिको मेयर तथा उपमेयरलाई ४ लाख ५० हजार र वडा अध्यक्ष सहित अन्य पदका लागि २ लाख र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखलाई ३ लाख ५० हजार र वडा अध्यक्ष र अन्य पदका लागि १ लाख ५० हजार रुपिया मात्र खर्च गर्न पाउने सिमा निर्धारण गरेपनि उम्मेदवारहरुको चुनावी हाडबाजीले खर्च सिमा नाघेको पाइएको छ ।
जिल्लाकोे हाईवेक्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र त्रिवेणी बिनयी गाउँपालिकामा शिर्ष दल नेपाली कांग्रेस, नेकपा एमाले र माओबादीको तिनकोणिय प्रतिस्पर्धाले यो क्षेत्रमा अरु क्षेत्रभन्दा चुनावी खर्च बढेको प्रष्ट देख्न पाईन्छ । जिल्लामा नवलपुर क्षेत्रमा पहिचालो चरणको निर्वाचनमा ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ स्थानिय तहको निर्वाचन हुदैछ ।
नगरपालिका तथा गाउँपालिका प्रमुख उम्मेदवारहरुले जनता तथा प्रतिस्पर्धि उम्मेदवारमा आफनो प्रभाव पार्न चुनाव चिन्ह छापको टिसर्ट, रुमाल, टोपी छपाई गरि गाउँगाउँ बजार बजारमा कार्यकर्ता तथा सर्वसाधरणलाई बाडने गरेका छन् भने पार्टीको झण्डा छपाई गरि घरघर चोक चोकमा झुण्डाएका छन् । त्यति मात्र होईन घरदलो अभियानमा जनशक्ति प्रदर्शन गर्दा कार्यकर्ताहरुलाई विहान, दिउसो,साँझको खानाखाजा र चुनावी प्रचार प्रसारमा प्रयोग गरिएका दर्जनों सवारी साधन, मोटरसाईकल, साउण्ड बक्सको भाडा र ईन्धन समेतको खर्च व्यहोर्दा उम्मेदवारहरुको खर्च लाख भन्दा बढि बढेको पाइएको छ । खास गरि खानाखाजा र टिर्सर्ट झण्डा र पेटोलमा बढि खर्चिने गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

