• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ११ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ११ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

विदेशिएका श्रीमान संपर्क विहिन भए पछि , पुनमको यो अवश्था

admin २०७४, बैशाख, २९

विष्णु जोशी /कैलालि

 कैलालि को राम शिखरझला कि पुनम चौधरि घरायसि तनावले उनी शारीरिक तथा मानसिक रूपमा निकै कमजोर भइसकेकी छिन् । सात वर्षदेखि मलेसियामा रहेका श्रीमान आठ महिनादेखि सम्पर्कबिहीन छन् । यता ‘घर बनाउनुपर्ने जिम्मेवारी, खेतीपातीको बोझ, छोराछोरी हुर्काउने तथा बुढी सासुको हेरचाहको दायित्व’ चौतर्फी कार्यबोझ, तनावबीच उनी अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुगेकी छिन् । सोमबार पत्रकार को एक टोली पहलमानपुर पुगेको बेला उनी ३२पुनम चौधरि एक मेडिकलमा भर्खर स्लाइन चढाएर बेडबाट और्लिएकी थिइन् । बिहानैदेखि निकै अस्वस्थ्य महसुस गरेकी घोडाघोडी नगरपालिका–९, शिखरझालाकी पुनमलाई उपचारका लागि पहलमानपर बजार ल्याइको थियो ।

त्यहाँ उनलाई भर्ना गरेर स्लाइन चढाइयो । बल्ल चार बजेतिर उनले केही सञ्चो अनुभव गरेपछि औधषि दिइर उनलाई बिदा गरियो । पत्रकारहरूले उनीसंग कुरा गर्न चाहे । स्लाइन चढाइएको बायाँ हातमा केन्ला झिकेर पट्टी बाँधिएको थियो । अर्को हातमा एक पोका औषधि थियो । उनी पत्रकारसंग कुरा गर्न तयार भइन् । उनका श्रीमान् लक्षिराम (लक्ष्मण) चौधरी सात वर्षदेखि मलेसियामा छन् । गत भदौदेखि उनी सम्पर्कबिहीन छन् । पुनमले श्रीमानसंग कुराकानी गर्न आफ्नो मोबाइल फोनबाट निकै पटक प्रयास गरिन्, तर लागेन । ‘मैले आठ महिनादेखि अरूको मोबाइल फोन, ल्याण्डलाइन, इन्टरनेट फोनबाट प्रयास गरे ।

भारतको गौरीफन्टा पुगेर पनि फोन गरे’ सुस्केरा हाल्दै उनले भनिन्– ‘नेपालको कोड नम्बर देखेर फोन उठाउनु हुन्न भन्ने लागेर इन्डियाको नम्बरबाट प्रयास गरे, तर पनि भएन ।’ शिखरझालामा रहेको उनको घर नजिक चारैतिर नदीले घेरेको छ । गाउँबाट पहलमानपुर बजार आउनजान तथा छोराछोरी पढाउन कठिन हुन थालेपछि पुनमले गाउँको घर उखेलेर तुल्सीबारीगाउँको जग्गामा घर बनाउन थालेकी छिन् । ‘घर बनाउनेदेखि छोराछोरी पढाउने, बुढी सासुको हेरचाह गर्ने, खेतीपाती लगाउने सबै बोझ त छँदैछ, श्रीमान् पनि आठ महिनादेखि सम्पर्कबिहीन बनेपछि मैले के गरुँ ?’ उनको अनुहारको भाव फेरियो । भनिन्– ‘कतिबेला त बहुला झैं हुन्छु । काम गर्ने जाँगर चल्दैन । खाना खाने मन लाग्दैन । राति ओच्छ्यानमा पल्टिन्छु, निद्रा पर्दैन । रुन खोज्छु, गला सुकेर आउँछ ।’ एक पटक भए पनि श्रीमानसंग कुरा गर्न छट्पटिएकी पुनमले पहलमानपुरबाट मलेसिया गएका गाउँकै एक जनाको घरमा गएर कुरा गराइदिन आग्रह गरेको बताइन् । ‘

मलेसियाको नम्बरबाट फोन गरेपछि उहाँ (श्रीमान) ले फोन उठाउनु भएछ’ उनले भनिन्– ‘तर मेरो घरको कुरा गर्ने वित्तिकै फोन काट्नु भएछ ।’ पुनम र उनका श्रीमानबीच अन्तिम पटक गत भदौ महिनाको अन्त्यतिर फोनमा कुराकानी भएको थियो । ‘मैले उहाँ (लक्ष्मण) लाई माघीमा घर आउन भने र घर खर्चका लागि केही रकम पठाउन आग्रह गरे’ उनले गुनालो गरिन– उहाँले ‘पर्सीसम्म पैसा पठाइदिन्छु’ भन्नुभयो, तर दोस्रो दिनदेखि फोन नै उठ्न छोड्यो । लक्ष्मणको अवस्थाबारे आठ महिनादेखि उनी र उनको परिवारका कसैलाई पनि केही थाहा छैन । उनका १२ वर्षकी एक छोरी र छ वर्षको एक छोरा छन् । लक्ष्मण आमाबाका एक्ला छोरा हुन् । उनका बुवाको दुई वर्षअघि निधन भइसकेको छ । मलेसिया गएपछि लक्ष्मणले पठाएको रकमले पुनमले पहलमानपुरको तुल्सीवारीमा १० धुर जग्गा किनेको बताइन् । उनको गाउँमा पुख्र्यौली एक विघा सात कठ्ठा जग्गा छ । श्रीमानलाई विदेश पठाउँदा लिएको ऋण तिरिसकेको उनले बताइन् ‘बजारको नजिक जग्गा पनि किने’ उनले भनिन्– ‘अहिले घर बनाउन लागेकी छु, तर अब त घर बनाउने रहर पनि मरिसक्यो ।’र सवै मिडिया सञ्ंचार कर्मि लगायत सरकार लाई ‌सिरमान लाई घर फर्काई दिन आग्रह समेत गरेकी छन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.