• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि

नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

शेयर बजार आज सामान्य अंकले बढ्यो

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?

रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

विदेशिएका श्रीमान संपर्क विहिन भए पछि , पुनमको यो अवश्था

विष्णु जोशी /कैलालि

 कैलालि को राम शिखरझला कि पुनम चौधरि घरायसि तनावले उनी शारीरिक तथा मानसिक रूपमा निकै कमजोर भइसकेकी छिन् । सात वर्षदेखि मलेसियामा रहेका श्रीमान आठ महिनादेखि सम्पर्कबिहीन छन् । यता ‘घर बनाउनुपर्ने जिम्मेवारी, खेतीपातीको बोझ, छोराछोरी हुर्काउने तथा बुढी सासुको हेरचाहको दायित्व’ चौतर्फी कार्यबोझ, तनावबीच उनी अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुगेकी छिन् । सोमबार पत्रकार को एक टोली पहलमानपुर पुगेको बेला उनी ३२पुनम चौधरि एक मेडिकलमा भर्खर स्लाइन चढाएर बेडबाट और्लिएकी थिइन् । बिहानैदेखि निकै अस्वस्थ्य महसुस गरेकी घोडाघोडी नगरपालिका–९, शिखरझालाकी पुनमलाई उपचारका लागि पहलमानपर बजार ल्याइको थियो ।

त्यहाँ उनलाई भर्ना गरेर स्लाइन चढाइयो । बल्ल चार बजेतिर उनले केही सञ्चो अनुभव गरेपछि औधषि दिइर उनलाई बिदा गरियो । पत्रकारहरूले उनीसंग कुरा गर्न चाहे । स्लाइन चढाइएको बायाँ हातमा केन्ला झिकेर पट्टी बाँधिएको थियो । अर्को हातमा एक पोका औषधि थियो । उनी पत्रकारसंग कुरा गर्न तयार भइन् । उनका श्रीमान् लक्षिराम (लक्ष्मण) चौधरी सात वर्षदेखि मलेसियामा छन् । गत भदौदेखि उनी सम्पर्कबिहीन छन् । पुनमले श्रीमानसंग कुराकानी गर्न आफ्नो मोबाइल फोनबाट निकै पटक प्रयास गरिन्, तर लागेन । ‘मैले आठ महिनादेखि अरूको मोबाइल फोन, ल्याण्डलाइन, इन्टरनेट फोनबाट प्रयास गरे ।

भारतको गौरीफन्टा पुगेर पनि फोन गरे’ सुस्केरा हाल्दै उनले भनिन्– ‘नेपालको कोड नम्बर देखेर फोन उठाउनु हुन्न भन्ने लागेर इन्डियाको नम्बरबाट प्रयास गरे, तर पनि भएन ।’ शिखरझालामा रहेको उनको घर नजिक चारैतिर नदीले घेरेको छ । गाउँबाट पहलमानपुर बजार आउनजान तथा छोराछोरी पढाउन कठिन हुन थालेपछि पुनमले गाउँको घर उखेलेर तुल्सीबारीगाउँको जग्गामा घर बनाउन थालेकी छिन् । ‘घर बनाउनेदेखि छोराछोरी पढाउने, बुढी सासुको हेरचाह गर्ने, खेतीपाती लगाउने सबै बोझ त छँदैछ, श्रीमान् पनि आठ महिनादेखि सम्पर्कबिहीन बनेपछि मैले के गरुँ ?’ उनको अनुहारको भाव फेरियो । भनिन्– ‘कतिबेला त बहुला झैं हुन्छु । काम गर्ने जाँगर चल्दैन । खाना खाने मन लाग्दैन । राति ओच्छ्यानमा पल्टिन्छु, निद्रा पर्दैन । रुन खोज्छु, गला सुकेर आउँछ ।’ एक पटक भए पनि श्रीमानसंग कुरा गर्न छट्पटिएकी पुनमले पहलमानपुरबाट मलेसिया गएका गाउँकै एक जनाको घरमा गएर कुरा गराइदिन आग्रह गरेको बताइन् । ‘

मलेसियाको नम्बरबाट फोन गरेपछि उहाँ (श्रीमान) ले फोन उठाउनु भएछ’ उनले भनिन्– ‘तर मेरो घरको कुरा गर्ने वित्तिकै फोन काट्नु भएछ ।’ पुनम र उनका श्रीमानबीच अन्तिम पटक गत भदौ महिनाको अन्त्यतिर फोनमा कुराकानी भएको थियो । ‘मैले उहाँ (लक्ष्मण) लाई माघीमा घर आउन भने र घर खर्चका लागि केही रकम पठाउन आग्रह गरे’ उनले गुनालो गरिन– उहाँले ‘पर्सीसम्म पैसा पठाइदिन्छु’ भन्नुभयो, तर दोस्रो दिनदेखि फोन नै उठ्न छोड्यो । लक्ष्मणको अवस्थाबारे आठ महिनादेखि उनी र उनको परिवारका कसैलाई पनि केही थाहा छैन । उनका १२ वर्षकी एक छोरी र छ वर्षको एक छोरा छन् । लक्ष्मण आमाबाका एक्ला छोरा हुन् । उनका बुवाको दुई वर्षअघि निधन भइसकेको छ । मलेसिया गएपछि लक्ष्मणले पठाएको रकमले पुनमले पहलमानपुरको तुल्सीवारीमा १० धुर जग्गा किनेको बताइन् । उनको गाउँमा पुख्र्यौली एक विघा सात कठ्ठा जग्गा छ । श्रीमानलाई विदेश पठाउँदा लिएको ऋण तिरिसकेको उनले बताइन् ‘बजारको नजिक जग्गा पनि किने’ उनले भनिन्– ‘अहिले घर बनाउन लागेकी छु, तर अब त घर बनाउने रहर पनि मरिसक्यो ।’र सवै मिडिया सञ्ंचार कर्मि लगायत सरकार लाई ‌सिरमान लाई घर फर्काई दिन आग्रह समेत गरेकी छन

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ
    अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ
    तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

    बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि

    नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
    • बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि
    • नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.