सेल्फी खिच्ने चक्करमा दुई बालक नारायणीमा डुबेर बेपत्ता
जानकारी केन्द्र
२०७४, जेष्ठ, ११
रबिन्द्र यादव परासी, ११ जेष्ठ ।
नारायणी नदीमा सेल्फी फोटो खिच्न पुगेका २ जना बालक नदीमा डुबेर बेपत्ता परेका छन् । नवलपरासीको गंैडाकोट १ स्थित बिट्रिस क्याम्पमा पुगेका ति दुईटा बालक नारायणी नदी सहितको सेल्फी खिंच्न खोज्दा ढुंगामा लडेर नदीमा डुब्न पुगेका हुन् ।
ढुंगा एक बालकको खुट्टा ठोकिएर नदीमा डुब्न पुग्दा अर्काे बालक उसलाई बचाउने प्रयासमा खुट्टा चिप्लिएर दुईटै डुब्न पुगेको ईलाका प्रहरी कार्यालय गंैडाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार नदीमा डुबेर बेपत्ता पर्नेमा गंैडाकोट २ बस्ने १७ वर्षिय बालक आशिष श्रेष्ठ र गंैडाकोट ८ बस्ने १७ वर्षिय भुपेन्द्र केसी रहेको जनाएको छ ।
दिउसाँ ३ बजेर ३० मिनेटको समयमा नारायणीको छेउमा सेल्फी खिच्न प्रयास गरेका ति र्दुइटा बालक डुबेर बेपत्ता परेपछि स्थानिय प्रहरीलाई खबर गरेका थिए । बालक डुबेको खबर पाएर प्रहरीले ति बालकहरुको खोजी कार्य जारी राखेको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

