कैलालीको धनगढी बजार बन्द गराउदै हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । देवरीयामा भएको वृद्ध दम्पत्तीको हत्याको विषयलाई लिएर बन्द गराउँदै हिडेका चार जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय धर्मराज ओझा, समिर जोशी, हेमन्त मल्ल र शंकर खत्री रहेका कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले जानकारी दिए । ट्राफिक चोराहा र अस्पताल लाईन अगाडी बजार बन्द गराईरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख चन्दले बताएका छन् । प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेपछि धनगढीको बन्दको असर परेको छैन् । हत्याका मुख्य अभियुक्त पक्राउ परिसकेको र मुख्य योजनाकारको समेत पहिचान भई खोजी कार्य भईरहेको अवस्थामा अनावश्यक रुपमा बन्द गराउदै हिडेकोले उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी बजार बन्द गराउदै हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । देवरीयामा भएको वृद्ध दम्पत्तीको हत्याको विषयलाई लिएर बन्द गराउँदै हिडेका चार जना लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा स्थानीय धर्मराज ओझा, समिर जोशी, हेमन्त मल्ल र शंकर खत्री रहेका कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले जानकारी दिए ट्राफिक चोराहा र अस्पताल लाईन अगाडी बजार बन्द गराईरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख चन्दले बताएका छन् ।
प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेपछि धनगढीको बन्दको असर परेको छैन् । हत्याका मुख्य अभियुक्त पक्राउ परिसकेको र मुख्य योजनाकारको समेत पहिचान भई खोजी कार्य भईरहेको अवस्थामा अनावश्यक रुपमा बन्द गराउदै हिडेकोले उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।