यस्तो छ कैलालीमा चुनावी माहोल
जानकारी केन्द्र
२०७४, जेष्ठ, १९
विष्णु जोशि/
तीन पटक मिति परिवर्तन गरेका कारण आम मतदातामा केही खिन्नता सिर्जना भए पनि कैलालि का गाउँवस्तीमा चुनावी सरगर्मी बढ्दै गएको छ । सरकारले जेठ ३१ गते गर्ने भनेको दोस्रो चरणको निर्वाचन असार ९ र त्यसपछि फेरि १४ गते सारेको भए पनि चुनाव को चहल पहल भने कुनै फरक परेको छ।
यतिवेला कैलालीका गाउँनगरमा चुनावी प्रचारप्रसारमा राजनीतिक दल तथा उम्मेदवारहरू जुटिरहेका छन् । उम्मेदवारहरू मतदातालाई आफूतिर आकर्षित गर्न फरक फरक आश्वासन र नारा तथा आमसभा हरु. प्रस्तुत लगायत विभिन्न कार्य् क्रम हरुका आयोजना मा व्यस्त छन। विकास का पुर्वाधार का हिसाव मा पछि परेको घोडाघोडी नगरपालिकामा १२ वटा वडा छन् । एक लाख बढि जनसंख्या रहेको यो नगरपालिकाका अधिकांस वडाका शाखा सडकको अवस्था नाजुक छ । शिक्षा, स्वास्थ्य, खानेपानी,सचारं सेवाको कमी छ ।
सुकुम्बासी समस्या, बाढी, नदी कटानका समस्या भोग्दै आईरहेका छन घोडाघोडि वासि । नगरबासीहरू भन्छन्– ‘नगरपालिका घोषणा त भयो, तर हामीलाई अझैं पनि अनुभूति हुन सकेको छैन । घोडाघोडी नगरपालिका–२, सिरानगरका एक सथानिय ले भने चुनाव जीतेपछि जग्गाधनी पुर्जा दिने, बाटोमा कल्भर्ट हाल्ने, पुलपुलेसा बनाइदिने भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले भोट मागिरहेको बताएका छन । उनी विगतका निर्वाचनमा पनि प्राय:ले यस्तै आश्वासन बाडेको बताउँछन् ।
‘अब चिल्ला कुरा गर्ने, ठुला सपना देखाउने भन्दा पनि काम गरेर देखाउने उम्मेदवार चाहिएका छन्’ उनी भन्छन् । घोडाघोडी नगरपालिकाकामा विभिन्न दलबाट मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यका उम्मेदवारहरू यतिवेला घरदैलो अभियानमा व्यस्त छन् । प्रत्येकले विकासका थुप्रै एजेन्डा र कार्यक्रम जनतामाझ प्रस्तुत गरिहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

