कैलालि गाउँपालिका–६, सुर्मिनालाका ३१ वर्षीय म्यादी प्रहरी अशोक चौधरीको बिहीबार राति बडैपुरबाट मोटरसाइकलमा उदासीपुरतर्फ जाँदै गरेको अवस्थामा बढैपुर जंगलमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ मोटरसाईकलमा सवार गौरीगंगा नगरपालिका–१० की१८ वर्षीया कविता चौधरी घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय हसुलियामा म्यादी प्रहरीका रूपमा कार्य गर्दै आएका मृतक अशोकसहित बिहीबार राति कैलालि गाउँपालिका–९, गदरियाका गुड्डु राना, गौरीगंगा नगरपालिका–१० का ममता चौधरी र कविता चौधरी संगसंगै मसुरिया बजार गएको र फर्कने क्रममा जंगलको बाटोमा चोरि शिकारि गर्ने हरुले थापेको करेन्ट लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी नायव उपरीक्षक बुढाले अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिएको छ ।