नवलपरासीको भारतीय पश्चिमी नहरमा बेपत्ता बालक मृत अवस्थामा फेला ।
रबिन्द्र यादव/ जेठ २२ नवलपरासी ।
नवलपरासी को सुस्ता गाउँपालिका अन्तर्गत कुडियाको साईफन निर भारतीय पश्चिमी नहरबाट हिजो देखि बेपत्ता बालक अाज बिहान मृत अवस्थामा फेला परेका छन ।
प्रहरीले दिएको जानकारी अनुसार खोजतलास गर्दा अाज बिहान अाठ बजे मृत अवस्थामा फेला परेको हो शबलाई अावश्यक प्रक्रिया पूरा गरेर परिवारजन लाई बुझाइएको छ ।
सुस्ता गाउँपालिकाको वार्ड न २ साविक कुडिया गा बि स वार्ड नं ८ भगवती हजामको छोरो अन्दाजी बर्ष १६ को कमलेश हजामको हिजो भारतीय पश्चिमी नहर मा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएदेखि नै भारतीय पश्चिमी नहरको पानी घटाएर शव को खोजी कार्य भैररहेको थियो ।