Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

यार्सा संकलनमा यस्तो समस्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, ३०
यार्सा संकलनमा यस्तो समस्या

विष्णु जोशी

यार्सा संकलन गर्ने धेरै जसो स्थानमा हिमपात भएको भएको छ । बझाङ र दार्चुला को यार्सा संकलन गर्ने लेक हरु मा हिमपात भएपछि त्यहाँ को जनजीवन प्रभावित भएको यार्सा संकलक प्रेम बहादुर बोहराले बताएका छन् ।

यार्सा पाइने स्थान कुण्ड, तपोबन, धनसेरी, वीरु, माजामा र दार्चुला को लोलु , चाईमोटेला मा वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको उनले बताएका छन् ।

हिमपात भएपछि बालबालिका समस्यामा परेको बोहराले बताएका छन । हिमपात भएपछि यार्सा संकलक डेरा तर्फ लागेका छन् । समुन्द्री सतहदेखि ४ हजार मिटर भन्दा बढी उचाइमा पाइने यार्सा टिप्नका लागि बझाङ ,दारचुला ,कैलालि,वैतडि ,डडेलधुरा सहित अन्य जिल्लाका बासिन्दा यहाँका लेकमा पुगेका छन् ।

Top Changing Nepal

युट्युब सट्स