Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

यार्सा संकलनमा यस्तो समस्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, जेष्ठ, ३०
यार्सा संकलनमा यस्तो समस्या

विष्णु जोशी

यार्सा संकलन गर्ने धेरै जसो स्थानमा हिमपात भएको भएको छ । बझाङ र दार्चुला को यार्सा संकलन गर्ने लेक हरु मा हिमपात भएपछि त्यहाँ को जनजीवन प्रभावित भएको यार्सा संकलक प्रेम बहादुर बोहराले बताएका छन् ।

यार्सा पाइने स्थान कुण्ड, तपोबन, धनसेरी, वीरु, माजामा र दार्चुला को लोलु , चाईमोटेला मा वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको उनले बताएका छन् ।

हिमपात भएपछि बालबालिका समस्यामा परेको बोहराले बताएका छन । हिमपात भएपछि यार्सा संकलक डेरा तर्फ लागेका छन् । समुन्द्री सतहदेखि ४ हजार मिटर भन्दा बढी उचाइमा पाइने यार्सा टिप्नका लागि बझाङ ,दारचुला ,कैलालि,वैतडि ,डडेलधुरा सहित अन्य जिल्लाका बासिन्दा यहाँका लेकमा पुगेका छन् ।

Top Changing Nepal

युट्युब सट्स