स्थानीय निकायमा कार्यरत कर्मचारीको यस्तो मनोमानी
जानकारी केन्द्र
२०७४, जेष्ठ, ३१
चन्द्रनिगाहपुर ।
स्थानीय निकायको निर्वाचन नजिकदै गरेर स्थानीय निकायमा जनप्रतिनिधि आउनै लागेको अवस्थामा स्थानीय निकायमा कार्यरत कर्मचारीको मनोमानी बढेर गएको छ । रौतहटका बिभिन्न नगरपालिका र गाँउपालिकाका कर्मचारीले पछिल्लो समय सरकारले तोकेको खरिद नियमावली बिपरित सवारी साधान किन्ने होडबाजीनै चलेको छ । बिना कोटेशन केही गाँउपालिकाका हाकिमले चन्द्रनिगाहपुर स्थित बजाज शोरुमबाट मोटरसाईकल खरिद गरेको समाचार स्रोतले बताएको छ ।
चन्द्रपुरनगरपालिकाले समेत सोमबार एकथान मोटरसाइकल खरिद गरेको छ । बिना कोटेशन मोटर साईकल खरिद गरिएको भन्ने बिषयमा चन्द्रपुरनगरपालिकाका कार्यकारी अधिकृत मिठाराम हुमागाँइले राज्यको निति र नियममा बसेर सवारी साधान खरिद गरिएको बताए । केही सचेन स्थानीय नागरिकले भने मनोमानी तरीकाले मोटरसाईकल खरिद गरिएको जानकारी दिएपछि सो बिषयमा हुमागाईसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।
चन्द्रपुर नगरपालिका कर्मचारीले चढने दुई थान मोटरसाईकल समेत निजी नम्बर प्लेटमा रहेको भन्ने बिषयमा समेत हुमागाइले सुरक्षाका दृष्टीकोणले निजी नम्बर प्लेट राखिएको र आफुले तत्कालनै सरकारी नम्बर बनाउन निर्देशन दिने बताए । यता केही गाँउपालिकाका हाकिमहरुले पछिल्लो समयमा कार्यालयका समाग्री खरिदमा समेत व्यापक अनियमितता गरेको आरोप लाग्दै आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

