अखण्ड नेपाल पार्टीले यस्तो विज्ञप्ति निकालेर चुनाव बहिष्कार गर्ने निर्णय गर्यो
जानकारी केन्द्र
२०७४, असार, ४
विष्णु जोशी,
सरकारले पटक पटक स्थानिय तहको निर्वाचनको मिति सारेको भन्दै दार्चुला माअखण्ड नेपाल पार्टीले चुनावमा भाग नलिई बहिष्कार गर्ने निर्णय गरेको छ । शनिबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी चुनावमा भाग नलिने निर्णय गरेको जानकारी गराएको हो ।
प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने सरकारी निर्णयको चर्को विरोध गर्दै चुनाव भाग नलिने निर्णय भएको अखण्ड नेपाल पार्टी केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्ज रघुविर सिह ठगुन्ना द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । संघियताको नाममा देशलाई टुक्रा टुक्रा बनाउने खेलमा ठुला राजनितिक दलहरु लागेको समेत प्रेश विज्ञप्तीमा उल्लेख छ ।
निर्वाचन आयोगले सम्पुर्ण तयारी गरी सकेको अवस्थामा पटक पटक मिति सारीनु ठिक नभएको भन्दै आफ्नो पार्टीले निर्वाचनलाई बहिष्कार गर्ने अखण्ड नेपाल पार्टीले जनाएको छ । अखण्ड नेपाल पार्टीले जिल्लाका २_३ स्थानिय तहहरुमा केहि उम्मेदवारहरुको टुंगो लगाएको अवस्थामा यस्तो निर्णय बाहिर आएको हो, रघुविर सिहं ठगुन्ना ले जानकारि दिनु भयो।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

