Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

नवलपरासीको परासी महेशपुरको सडकखण्डमा राखिएको बिस्फोटक पदार्थ सेनाद्धारा डिस्पोज ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, ५
नवलपरासीको परासी महेशपुरको सडकखण्डमा राखिएको बिस्फोटक पदार्थ सेनाद्धारा डिस्पोज ।

रबिन्द्र यादव,नवलपरासी, ५ असार ।

नवलपरासीको पाल्हीनन्दन गाँउपालिका ४ हरपुरमा राखिएको बिस्फोटक पदार्थ सेनाको टोलीले आज बिहान ८ बजे डिस्पोज गरेको छ । सोमवार बिहान ५ बजेको समयमा स्थानीयले बम जस्तो शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने परासी महेशपुर सडक खण्डमा रहेको उक्त बिस्फोटक पदार्थका कारण सो बाटोमा बिहान साढे पाँच बजेदेखि ८ बजेसम्म डिस्पोज नभएसम्म आवतजावत पुर्ण रुपले बन्द रहेको थियो ।

शनीवार परासीमा भएको झडपले त्रसीत सर्वसाधरणमा एका बिहानै बम भएको हल्ला भएपछि स्थानीयहरु झनै त्रसित बनेका थिए । बम डिस्पोज गर्दा बिस्फोटक पदार्थ जस्तो आवाज आएपनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले उक्त शंकास्पद वस्तु बम नभई समान्य बिस्फोटक पदार्थ भएको पुष्टि गरेको छ । दोसो चरणको चुनावको क्रममा नवलपरासीको परासी क्षेत्रका केही गाँउपालिकाहरु सम्बेदनशिल मानिएकाले यस क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारीएको छ । घटनास्थलमा कुनै समुहको पम्पलेट चिठी पत्र नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ , कुन समुह र किन विष्पोटक पदार्थ राखेको हो अनुसन्धान भइरहेको जनाइएको छ ।bom 2

Top Changing Nepal

युट्युब सट्स