नवलपरासीमा घरदैलो अभियान तिब्र – जानकारी केन्द्र
रबिन्द्र यादव
परासी, ६ असार । स्थानिय तहको चुनाव मिति नजिकिदै जाँदा यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त भएका छन् । सुनवलमा कांग्रेसको मेयरका उम्मेदवार भिम बहादुर थापा (भरत थापा) आज १ नम्बर वडामा घरदैलो कार्यक्रम गरेका छन् । यतिबेला सुनवलमा चुनावी प्रचार पं्रसार एवं घरदैलोका होडबाजी चलिरहदा उम्मेदवार थापाले सयांै कार्यक्रर्ताको साथमा पार्टीको झणड, चुनाव चिन्ह भएको टिसर्ट, रुमाल, टोपी स्टिकर र बाजागाजाका साथ घरदैलो अभियामा भिडी मत माग्दै आएका छन् । उम्मेदवारहरु थापा आफनो विकासका एजेण्डाहरु लिएर जनताको माझ पुगीरहेका छन् । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानिय तहको निर्वाचनमा विकासको कार्य शुन्य र जनताले निकै सास्ती भोग्नु परेको पिडा दर्शाउदै उम्मेदवार थापाले अब कांग्रेसलाई पालो दिनुहोस ५ वर्षमै विकास गछुँ भन्दै थापाले जनतालाइ विस्वस्त पार्नु भएको छ
मेयरका उम्मेदवार थापाले नगरपालिकामा निर्वाचति भएपछि आफनो तलबभत्ता सामाजिक काममा लगाउने उद्दघोष गर्दै सुनवल नगरलाइ स्मार्ट सिटी बनाउने लक्ष्य लिएको बताए । घरदैलो पश्चात एक कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार थापाले भने, सुनवललाई सुविधा सम्पन्न नगर बनाउन मेरो पहिलो एजेडा हो । नगरमा विकास निर्माण, शिक्षा, स्वास्थय, खानेपानी, सिंचाई, कृषि, पर्यटन, गरिबी निवारण, लैंगिक समानता लगायतका एजेण्डालाई पनि अगाडी सारेको थापाले बताए ।
थापाले भने, म निर्वाचित भएपछि एक घर एक रोजगार सृजना गर्नेछुँ । महिलाहरुलाई विशेष ध्यानमा राखी महिलाहरुलाई आर्थिक रुपमा समृद्ध महिलाको हरुको समहु गठन गरि लघु उद्यमको विकास गर्नेछुँ । थापाका यस्ता लोकप्रिया एजेण्डाले सुनवलमा चुनावी लहर थापा तिरै लम्केको पाइएको छ । यतिेबला सुनवलमा थापा बलियो उम्मेदवारको रुपमा लिइएका छन् ।
त्यसैबिच रामग्राम नगरपालिकामा पनि कांग्रेसको मेयरका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले आज वडा नंं ७,८ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । उम्मेदवरा गुप्ताले आफनो लोकप्रिय विकास एजेण्डा लिएर यतिबेला घरदैलोमा पुगी जनता संग मत माग्ने काम व्यस्त भएका छन् । रामग्रामग्राम नगरपालिका पर्यटनले भरिपुर्ण क्षेत्र रहेको हुँदा यस क्ष्ोत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उनको प्रमुख एजेण्डा रहेको बताएका छन् ।
घरदैलो कार्यक्रममा मेयर उम्मेदवार नरेन्द्र गुप्ता र उपमेयर उम्मेदवार रम्भा कुँवरले जनतालाई आफनो एजेण्डाले प्रभावित बनाउदै मत माग्ने र मत हाल्ने तरिका समेत सिकाई घरदैलो गर्दै आएका छन् । रामग्राममा निकै लोकप्रिय रहेका यि उम्मेदवारलाई यहाँका मतदाताहरुले आफनो मतले बिजयी गराउने आश्वासन समेत दिएका छन् । उम्मेदवार गुप्ताले रामग्राम नगरलाई स्मार्ट सिटी बनाउने देखि यहाँका कृषि, पर्यटन, सिँचाई, शिक्षा, स्वास्थय, रोजगारी, लगायतका समस्या सामाधान गरि सुन्दर र हराभरा नगर बनाउने महत्वकान्छी योजना बोकेका छन् ।

त्यसैबिच नयाँ शक्ति नेपाल, फोरम नेपाल र लोकतान्त्रिक फोरम गठबन्धनका उम्मेदवार अमिरुल्लाह मिँयाले पनि आज १३ नंं वडामा घरदैलो कार्यक्रम गरेका छन् । उम्मेदवार अमिरुल्लाह मिँया विभिन्न सय कार्यकर्ताहरुका साथ आफनो लोकप्रिया एजेण्डा लिएर जनताको घरदैलो पुगेका थिए । उम्मेदवार मिँयाले रामग्राम नगरलाई हराभरा, शिक्षित, सुरक्षित र समुन्त नगर बनाउन मलाई एक पटक अवर दिने मतदाताहरु संग मत माग्दै आग्रह गरे । युवा पुस्तालाई अवसर दिनुहोस तपाईको नगरको समग्र आर्थिक तथा सामाजिक र भौतिक विकास हाम्रो दायित्व रहने जनतालाई विस्वस्त पार्दै उम्मेदवार मिँयाले यसनगरलाई नमुना नगरको रुपमा विकास गर्न मेरो पहिलो एजेडा रहने बताए । घरदैलोमा मतदाताहरु संग भोट माग्दै मत हाल्न सिकाउदै उम्मेदवार मिँयाले अबको विकासमा नयाँ शक्ति नेपालले नै भुमिका खेल्न सक्ने बताए ।
त्यस्तै रामग्राम नगरपालिको राप्रपाको मेयरका उम्मेदवार रामभवन यादवले पनि आज १२ नं. वडा सहित विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरेका छन् । कृषकहरुको समस्या सामाधान गर्ने र नगरलाई सुन्दर नगरीको रुपमा विकास गर्न राप्रपा नै उचित पार्टीरहेको उम्मेदवार रामभवन यादवले दावी गर्दै घरदैलोमा आफुँलाई मत माग्ने गरेका छन् । रामग्राम लामो समयदेखि जनप्रतिनिधि विहिन रहेको बेला यहाँका जनताहरु धेरै समस्यामा परेका छन् अब जनताका ति सबै समस्या सामाधान गर्न मेरो उम्मेदवारी रहेको यादवले बताए । रामग्राामा कृषि, सिँचाई, पर्यटन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, र विभिन्न भौतिक पुर्वाधारका समस्याहरुलाई सामाधान गरि यस नगरलाई सुन्दर नगरी बनाउने मेरो चाहना रहेको उम्मेदवार यादवले बताए ।
त्यस्तै सुनवल नगरपालिकाको नेकपा एामले तर्फकि मेयरका उम्मेदवार बिमला अर्यालले पनि सुनवललाई स्मार्ट सिटी बनाउने लक्ष्य बोक्दै आज वडा नंं ६ बिशासयमा घरदैलो कार्यक्रम गरेकि छन् ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

