स्थानिय तह दोस्रो चरणमा निर्वाचन अन्र्तगत आज मतदान हुँदैछ । अहिले बिहान ७ बजे मतदान सुरु भएको छ भने बुलुका ५ बजेसम्म मतदान जारी रहनेछ । लाइन बसिसकेकाले अबेरसम्म पनि मतदान गर्न पाउने छन् ।
कोही पुग्ने क्रममा छन् । तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ निर्वाचन आयोगले मतादातालाइ ढुक्क भएर मतदान गर्न अपिल गरेको छ ।