• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १५ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १५ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १५ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

अपरिचित युवतीको प्रेमजालमा पर्दा यसरी भयो दाङका व्यापारी श्रेष्ठको हत्या

admin २०७४, असार, २८

काठमाडौं २८ असार । दाङका व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको हत्याअघि अपहरणका लागि बाबुले छोरीलाई प्रयोग गरेको खुलेको छ । ती बाबुले आफ्नी छोरीलाई नियोजितरुपमा व्यापारी श्रेष्ठसँग निकट सम्बन्ध बनाउन लगाउँदै अपहरण गरेको र अपहरणपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

व्यापारी श्रेष्ठको अपहरण र हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले घटनाको एक महिनापछि बाबु छोरीलाई नै पक्राउ गरी यो तथ्य सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा टीकाबहादुर घर्तीमगर र उनकी १८ वर्षीया छोरी पूजा घर्तीमगर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट पक्राउ गरिएको हो । यद्यपी प्रहरीले ती बाबुछोरीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको दावी गरेको छ ।

अपहरणका योजनाकार खुमबहादुर केसीलाई भने प्रहरीले गाेंगबुस्थित उनकै कोठाबाट पक्राउ गरेको हो ।

राष्ट्रियस्तरमै चर्चा पाएको यो घटनाको अनुसन्धान गरी अपहरण र हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्काे दबाब परेको थियो । प्रहरीले पनि यो घटनालाई प्रहरी संगठनकै प्रतिष्ठासँग जोडेर अनुसन्धान थालेको थियो । प्रहरीले यो घटनालाई लिएर फरार अभियुक्तबारे सूचना दिनको नाम गोप्य राख्ने र यसरी सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो ।

यसरी बन्यो व्यापारी श्रेष्ठको अपहरण योजना

खासमा व्यापारी श्रेष्ठको अपहरणको योजना टीकाबहादुर घर्तीमगरले बनाएका थिए । चर्काे ऋणमा डुबेपछि उनले तीन महिनाअघि श्रेष्ठको अपहरण गरी ठूलै रकम फिरौती लिने योजना बनाएका थिए । यो कार्यमा उनले आफ्नै छोरी पूजा, तुलसीपुर–८ का २८ वर्षीय भुपेन्द्र भण्डारी, तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसी सल्यान झिम्पे–४ का ३५ वर्षीय मानबहादुर भण्डारीलगायत १४ जनालाई सहमत गराए । त्यसपछि बन्यो, अपहरण योजना । खुमबहादुर र भुपेन्द्र तिनै व्यक्ति हुन् जो यसअघि व्यापारी श्रेष्ठको ३० लाख रुपैयाँ लुटिएको अभियोगमा पक्राउ परेका थिए । जिल्ला अदालत घोराहीबाट केही महिनाअघि मात्र तारेखमा रिहा भएका उनीहरुलाई टीकाबहादुरले अपहरणका लागि मनाएका थिए ।

छोरी पूजालाई व्यापारी श्रेष्ठलाई प्रभावमा पार्ने जिम्मा दिइयो । त्यसपछि पूजाले झण्डै डेढ महिनादेखि लगातार श्रेष्ठलाई टेलिफोन गरी उनको मन जित्न थालिन् । व्यापारी श्रेष्ठ पूजासँग यतिसम्म नजिक भए कि उनले बोलाएको ठाउँसम्म जान पनि राजी भए ।

सोही क्रममा पूजाले २६ जेठमा पनि फोनगरी उनलाई सल्यान घुम्न जाउँ भनी प्रस्ताव गरिन् । पूजाको प्रस्तावमा श्रेष्ठ सहमत भए । त्यस दिन पूजा र व्यापारी श्रेष्ठबीच २० पटकभन्दा बढी फोनमा सम्पर्क भएको थियो । पूजाको प्रस्ताव अनुसार व्यापारी श्रेष्ठ घर पुगेर बा११च १०७१ नम्बरको कार लिएर निस्किए । पूजा भने दाङको वीरेन्द्र चोकमा कुरिरहेकी थिइन् । त्यसपछि पूजालाई गाडीमा राखेर उनी लागे सल्यानतर्फ । तर, बीच बाटैमा उनी अपहरणमा परे । करिव एक घन्टा ड्राइभ गरेर कपुरकोट भन्ने ठाउँमा पुगेपछि उनी अपहरणमा परेका थिए ।

उनी अपहरणमा परेपछि दाङको स्थानीय प्रहरी तथा केन्द्रीय अनुसन्धान व्यूरो राप्ती अञ्चल प्रहरी कार्यालयलगायतको टोली खोजबिनका लागि परिचालित भएको थियो । व्यूरोको टोलीले उनको शब फेला पारेको थियो भने अपहरणमा संलग्नमध्ये चार जना रमेश भन्ने मनबहादुर पुन, रुवत थापा मगर, अविराव महतरा र जमा पुनलाई पक्राउ गरेको थियो ।

यसरी भयो हत्या

प्रहरीका अनुसार सल्यानको जंगलसम्म अपहरणकारीले श्रेष्ठको गाडी प्रयोग गरेका थिए । अपहरण भएको तीन दिनसम्म उनलाई निरन्तर जंगलमा हिँडाएका थिए । अपहरकारीले दिनभरी लुकाउने र रातभरी हिडाउने गरेका थिए ।

अपहरणकारीले खानका लागि १० किलो चिउरासमेत लिएर गएका थिए । समयमा खान नपाएका व्यापारी श्रेष्ठ सुगर र प्रेसरका विरामी समेत भएकाले कमजोर हुदै गए र तीन दिनपछि २९ जेठमा ढले । अपहरणकारीले उपचार गर्नुको साटो हत्या गर्ने योजना बनाए । त्यसपछि ढुंगाले किची किची उनको हत्या गरे । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेको लेखमा उनको हत्या भएको थियो ।

तीन करोड फिरौती माग

हत्याअघि २७ जेठमा अपहरणकारीले श्रेष्ठका परिवारलाई फोन गरेर दुई दिनको समय दिँदै तीन करोड रुपैयाँ फिरौती मागे । अपहरणकारीले श्रेष्ठको आवाजमा ‘म सञ्चै छु, मागेको रकम दिनू’ भनेर रेकर्डसमेत गराएका थिए । उनीहरुले सोही रेकर्ड परिवारलाई सुनाएका थिए ।

परिवारका सदस्यले फिरौती रकम बुझाउन मञ्जुरीसमेत जनाएका थिए । परिवारका सदस्यले एक पटक आवाज सुन्छौ उहाँसंग कुरा गर्छौ र पैसा पनि भनेजति दिन्छौ भने । तर अपहरणकारीले उनको हत्या गरि सकेकाले दोहोरो कुरा सुनाउन नसकेपछि फोन काटे र सम्पर्कमा आएनन् ।

यसरी भयो रणबहादुरको हत्या

अपहरणकारीले श्रेष्ठ मात्रै नभएर रणबहादुर घर्तीको पनि हत्या गरेका थिए । रणबहादुरको अपहरण र हत्या भने पूर्वनिर्धारित थिएन । व्यापारी श्रेष्ठलाई अपहरण गर्न सल्यानको सोलाबाङमा अपहरणकारीहरु बसेका थिए । उनीहरु खासमा व्यापारी श्रेष्ठलाई कुरेर बसेका थिए । तर, व्यापारी श्रेष्ठ भन्दा अघि रणबहादुर पुगे । घोराही निवासी उनीसँग अपहरणकारीको राम्रै चिनजान थियो । उनी एचपी ११८६४८ नम्बरको भारतीय नम्बरको गाडीमा सवार थिए । उनी रुकुमतर्फ जाँदै थिए । अपहरणकारीले सुरुमा रणबहादुरलाई नियन्त्रणमा लिए । त्यसको केही समयमा त्यहाँ आइपुगेका श्रेष्ठलाई पनि नियन्त्रणमा लिए । पोल खुल्ने डरले उनीहरुले आँखामा कालो पट्टी बाँधेर ढुङ्गाले टाउको र शरिका विभिन्न भागमा प्रहार गरी रणबहादुरको विभत्स हत्या गरेका थिए ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.