नेपाली कांग्रेसका सांसद सहित ५ जनालाइ साधरण समेत नरहने गरि कार्बाहीको माग
जानकारी केन्द्र
२०७४, श्रावण, १६
विष्णु जोशी /धनगढी
कैलालि को नेपाली कांग्रेस गोदाबारी नगर कार्यसमितीले कैलाली को क्षेत्र नम्वर ५ बाट विजयी भएका सांसद दिर्घराज भाट र अन्य ५ जनना लाई कांग्रेसको नितिनियम मिचेर कार्य गरेको भन्दै कार्बाहीको लागी माग गरेको छ ।
गएको असार १४ गते भएको स्थानिय निकाय को निर्बाचनमा पार्टीको नियम बिपरित काम गरेको भन्दै सांसद भाट लगायत अन्य५ जना लाई पार्टीको साधारण सदस्य समेत नरहने गरि जिल्ला समिती मार्फत कार्बाहीको माग गरेको छ ।
नेपाली कांग्रेस का नगर सभापति हेम प्रकाश उप्रेतीद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा सांसद भाटले पार्टी लाई सहि तरिकाले अगाडी लैजान नसकेको तथा आफू खुशी रुपमा निर्णय गरेको र स्थानिय निर्बाचनमा पार्टीले हार बेहोर्न परेको भन्दै कारवाहीको माग गरीएको हो ।
भाट लगायत नेपाली कांग्रेसमा कैलाली क्षेत्र नं ६ का प्रतिनिधी उत्तम कठायत, जिल्ला कमिटी सदस्य बसन्त रोकाया ,पुर्व क्षेत्रिय सदस्य धनिराम पनेरु, किसान संघ कैलाली जिल्ला अध्यक्ष टीकादत्त जोशी र महाधिबेशन प्रतिनिधी रामचन्द्र ओझालाई कार्बाहीको माग गरेको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

