एलडीओ कट्टेललाई नागरिक समाजको सम्मान
जानकारी केन्द्र
२०७४, श्रावण, १९
रबिन्द्र यादव ,
नगरिक समाज समन्वय समिति परासीले आज स्थानिय विकास अधिकारी युवराज कट्टेललाई सम्मान गरेको छ ।
जिल्लामा ७ महिना बसी राम्रो काम गरेको भनेर नागरिक समाजले जिससको हलमा कट्टेललाई सम्मान पत्र सहित सम्मान गरेको हो । स्थानिय विकास अधिकारी कट्टेल जिल्लामा आएपछि कराडौंको राजस्व जोगाउन साथ सबै प्रकारको खोला एवं क्रसरहरुलाई कानुनी दायरामा ल्याई जिल्लामा सिस्टम बसालेको प्र्रंंशा गर्दै नागरिक समाजले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नेपाली कांग्रेसका सभापति विष्णु लामिछाने, राजपाका जिल्ला संयोजक पुरन चौधरी, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले भने, राम्रो काम गर्ने अधिकारी कट्टेललाई ७ महिनामा सरुवा हुनु नै गलत हो । आफै फिल्डमा खटि विभिन्न ढुङ्गागिट्टी तस्करहरुलाई नियन्त्रणमा लिई जरिवाना गराउने र विगतका वर्षहरुदेखि खोला ठेक्काहरुमा हुदै आएको कराडांै राजस्व चुहावटलाई जोगाउने कर्मचारीलाई सरकारले ७ महिनामै सरुवा गरि राम्रो गरेको होईन वक्ताले भने । वक्ताहरुले एलडीओ कट्टेलको सरुवा प्रति दुख व्यक्त गर्दै एलडीओ सरुवा भई जाने जिल्लाको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

