• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ७ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ७ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ७ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ८ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ११ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

महिलालाई प्रधानसेनापति बन्ने बाटो खुल्यो

admin २०७४, भाद्र, १६

काठमाडौं १६ भदौ ।
२ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्नसक्नेसम्म बाटो खुला भएको छ । २०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलासमेत प्रधानसेनापति बन्न सक्ने अवसर सिर्जना भएको हो । यो प्रावधानसँगै महिला सैनिकले सेनाको उच्च तहको नेतृत्व अवसर पाउने भएका हुन् ।

नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्न जटिल तथा चुनौतीपूर्ण छ । स्टाफ कलेज उत्तीर्णहरूले आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि विकासमा भूमिका खेल्ने गर्छ ।

सैनिक संगठन निर्देशनालयका प्रमुख सेनानी इन्द्रकुमार रानाभाट महिला सैनिकलाई पुरुष अधिकृतसरह माथि जाने अवसर पाप्त भएको बताउँछन् । ‘सेनामा समावेशिता र महिला सहभागितालाई महŒव दिइएको छ । अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न सक्नेछन्,’ उनले भने ।

यही वर्ष सेनामा महिलाका लागि महिलाकै नेतृत्वमा छुट्टै गुल्मसमेत स्थापना भएको छ । गोरखकाली महिला गुल्मको गुल्मपति मेजर सृष्टि खड्का छिन् । हाल उनको नेतृत्वमा सो गुल्ममा १ सय ४० महिला सैनिक रहेका छन् । सेनामा हाल ४ हजार ८ सय महिला सैनिक कार्यरत रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी बिमलराज शर्मा बताउँछन् । पुरुषको संगठनका रूपमा रहेको सेनामा महिला सैनिकको प्रवेशलाई सहज र सुरक्षित महसुस बनाउनका लागि लंैगिक आचरणसम्बन्धी निर्देशिका, २०७० लागू गरिएको छ ।

जसले सेनामा महिलाको प्रवेशलाई सहज बनाएको रानाभाट बताउँछन् । ‘महिलामैत्री वातावरण सिर्जना गर्नका लागि यो निर्देशिकाले महŒवपूर्ण भूमिका खेलेको छ,’ उनी भन्छन् । उसो त सैनिक सेवामा महिलाको प्रवेश २०१७ सालबाट नै सैनिक उपचारिकाको रूपमा भएको हो । २०२१ सालमा प्यारा फोहडर, २०२५ मा चिकित्सकका रूपमा महिलाको सेनामा प्रवेश भएको हो । प्राड (कानुन) का रूपमा २०५४ सालमा महिलाले सेनामा कार्य गरेका छन् । इन्जिनियर, कर्मचारी साधारण सेवातर्फ भने २०६० सालमा मात्र महिलाको प्रवेश भएको हो । साधारण अधिकृत २०६१ सालमा र वायुसेवातर्फ २०६७ सालमा महिलाको प्रवेश भएको देखिन्छ ।

हाल सेनामा सहभागी महिलामध्ये सबैभन्दा बढी सिपाहीमा छन् । कुल महिलामध्ये ५० प्रतिशत महिला सिपाहीमा रहेको र बिल्लादारमा २८ प्रतिशत रहेको रानाभाट बताउँछन् । उनका अनुसार अधिकृततर्फ ७ प्रतिशत, पदिकतर्फ ६ प्रतिशत, सैन्यमा ५ र फलोअर्सतर्फ कुल महिलामध्ये ५ प्रतिशत रहेका छन् ।
सेनामा समावेशिताका लागि महिला, आदिवासी, मधेसी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा निर्धारण भएकाले पनि महिला सहभागिता वृद्धि हुँदै गएको हो । ‘कुल भर्नाको ४५ प्रतिशत समावेशिताका लागि छुट्ट्याइन्छ । त्यसलाई सय प्रतिशत मानेर महिलाका लागि २० प्रतिशत कोटा हुन्छ,’ रानाभाट भन्छन् । हाल सेनामा महिलाको सहभागिता ५ प्रतिशत रहेको छ । जनजाति ३४ प्रतिशत छन् भने मधेसीको सहभागिता १० प्रतिशत छ । दलित ७ र अन्य ४१ प्रतिशत रहेको छ ।
राजधानीबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.