जर्मनीद्वारा चेक गणतन्त्र २–१ ले पराजित
जानकारी केन्द्र
२०७४, भाद्र, १८
काठमाडौं,
विश्वकप फुटबल छनोट प्रतियोगितामा जर्मनीले शानदार प्रदर्शन जारी राख्दै लगातार सातौं जित हासिल गरेको छ
शुक्रबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै आफ्नो विजययात्रा जारी राखेको हो । समूह ‘सी’ मा रहेको जर्मनीले सात खेलबाट २१ अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ ।
जर्मनीको जितमा टिनो वर्नर र म्याट्स हमल्सले १÷१ गोल गरेका थिए । चेक गणतन्त्रका लागि भने भ्लादिमिर डारिडाले एक गोल गरे ।
खेलको चौथो मिनेटमै वर्नरको गोलबाट अग्रता लिएको जर्मनीले दोस्रो गोल भने ८८ औं मिनेटमा गरेको हो । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

