Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

बिधार्थि बोक्ने गाडि बिचकै यस्तो प्रतिशपर्धाले बिधार्थी अशुरक्षित बन्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, २१
बिधार्थि बोक्ने गाडि बिचकै यस्तो प्रतिशपर्धाले बिधार्थी अशुरक्षित बन्दै

काठमान्डाैं

बुधवार बुद्दनगरको बिच सडकमा दुइ वटा स्कुलका बिधार्थि बोक्ने गाडि एक अापसमा ठोकिदा यस्तो अवश्था बन्न पुगेको छ । हरेक अभिभावकको चाहाना अाफ्ना बच्चा गाडिमा सुरक्षित रूपमा यात्रा गरून भन्ने चाहन्छन तर स्कुलका गाडि चलाउने चालक हरूमा घमन्डलाइ लिएर प्रतिश्पर्धा गर्ने प्रवृत्तिले दुर्घटना हुने गरेको पाइएको छ । स्कुलको गाडि भने पछि सबैले प्राथमिकता दिनु पर्छ ।

यहि घमन्ड चालकमा अलि बडिनै हुदा उनि हरूले स्कुलका गाडि चलाउदा अलि पेलपाल गरेर चलाउने तथा अाफुलाइ सधै सुरक्षित महसुश गर्ने प्रवृत्तिले गर्दा कलिला बलबालिका घरमा सुरक्षित अाइ पुग्ने कुरामा अभिभावक चिन्तित बन्नु पर्ने अवश्था छ । ट्रफिक नियम पनि उति धेरै पालना गर्नु नपर्ने जहाँ या जुनसुकै साँगुरा बाटमा पनि गाडि लैजान मिल्ने अाफुले चाहेकाे ठाँउमा चहेजति समय रोक्न पाउने जस्ता सुबिधा लाइ  कहिकतै अब्यवारिक रूपमा पनि जबर्जस्ति गरिदिदाँ सानो बाटो मा जाम हुने र बाटो छोडेर साइड नदिकनै बिचमा रोकि राख्नाने अरू सवारी चालकले लामो समय सम्म पर्खनु पर्ने समस्या छन ।

यो घटना पनि दुवै चालक बिचको अहम भावनाले नै घटेको अनुमान लगाउन सकिन्छ ।  दुवै तिर साइड दिने प्रशस्त ठाँउ हुदा हुदै बिच सडकमा यसरि ठोकिनुले चालककै लापर्बाहि देखिन्छ । यस घटनामा चालकहरू सामान्य घाइते हुन बाहेक अन्य मानबिय क्षति हुन पाएन । यस्ता घटना नदाेह्रउन यसका लागि बेलैमा सचेत रहन जरूरि देखिन्छ । अन्यथा सानो लापर्बाहिले ठुलै घटना न निम्त्याउला भन्न सकिदैन

Top Changing Nepal

युट्युब सट्स