• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक
  • ११ घण्टा 

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित
  • ११ घण्टा 

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
  • १२ घण्टा 

बानेश्वर र सीतापाइलामा हिरोको नयाँ शोरुम उद्घाटन
  • १४ घण्टा 

नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने
  • १४ घण्टा 

एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल
  • १४ घण्टा 

क्रसर व्यवसायीद्वारा नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
  • १५ घण्टा 

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

  • ३. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ४. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

  • १०. नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

१४ वर्षीयाले मागिन् सम्बन्धविच्छेद

admin २०७४, भाद्र, २६

काठमाडौं २६ भदौ । १६ जेठमा मुसिकोट नगरपालिकाकी १४ वर्षीया निमा (नाम परिवर्तन) आफन्तसँगै जिल्ला अदालत रुकुममा भेटिएकी थिइन् । उनले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन अदालत आएको बताइन् । १४ वर्षको कलिलै उमेरमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन आएकी निमालाई देखेर अदालतमा रहेका सबै अचम्मित भएका थिए । उनको विवाह गत वैशाखमा रोल्पा दुईखोली गाउँपालिकाका १७ वर्षीय किशोरसँग भएको थियो ।

विवाह भएको दुई महिनामै उनीहरूबीचमा खटपट सुरु भएपछि निमा सम्बन्धविच्छेद गर्न अदालतमा आएको जिल्ला न्यायाधीश डण्डपाणि शर्माले जानकारी दिए । उनको मुद्दा अहिले बहसकै क्रममा रहेको न्यायाधीश शर्माले बताए । न्यायाधीश शर्माले निमाजस्ता बालिका सम्बन्धविच्छेदका मुद्दा लिएर जिल्ला अदालतमा आउने क्रम बढेको बताए । उनका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा सम्बन्धविच्छेद गराउन आउने कुल महिलाको ५० प्रतिशत २० वर्षमुनिका रहेका छन् ।

जिल्ला अदालत रुकुममा आर्थिक वर्ष ०७३÷७४ मा एक सय ६७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ । यसमध्ये एक सय ४५ मुद्दा फस्र्योट भएको र २२ मुद्दा चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको जिल्ला अदालतका स्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार १४ वर्षदेखि ५३ वर्षसम्मका महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका छन् ।

वैदेशिक रोजगार र बालविवाह प्रमुख कारण

जिल्लामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो क्रममा रहेको जिल्ला अदालतले जनाएको छ । जिल्लामा सम्बन्धविच्छेदको सबैभन्दा ठूलो कारण वैदेशिक रोजगार र बालविवाह रहेको जिल्ला न्यायाधीश डण्डपाणि शर्माले बताए । यस्तै जनचेतनाको अभावले पनि सम्बन्धविच्छेदका घटना बढेको उनको भनाइ छ ।

लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट

आर्थिक वर्ष ०७३/७४ मा जिल्ला अदालतले लक्ष्यभन्दा पाँच प्रतिशत बढी मुद्दा फस्र्योट गरेको छ । न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत वार्षिक ७० प्रतिशत मुद्दा फस्र्योट गर्नैपर्ने अवस्थामा ७५ प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य लिइएकोमा ८० दशमलव ५८ प्रतिशत मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ ।

दर्ता भएका तीन सय ७९ र आर्थिक वर्ष ०७२/७३ बाट जिम्मेवारी सरेर आएका ६९ गरी कुल चार सय ४८ मुद्दा रहेकामा तीन सय ६१ मुद्दा फस्र्योट भएका हुन् । ८७ मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको स्रेस्तेदार पौडेलले बताए ।

३० लाख दण्ड–जरिवाना संकलन

आर्थिक वर्ष ०७३/७४ मा ६६ लाख ९७ हजार दण्ड–जरिवाना उठाउनुपर्नेमा ३० लाख तीन हजार उठेको र ४६ लाख ९३ हजार उठाउन बाँकी रहेको अदालतले जनाएको छ । यस्तै जिल्ला अदालतले यो वर्ष पनि ७५ प्रतिशत मुद्दा फस्र्योटको लक्ष्य लिएको जिल्ला न्यायाधीश डण्डपाणि शर्माले बताए । उनका अनुसार जिल्ला अदालतले कुनै पनि मुद्दालाई एक वर्षभन्दा बढीसम्म रहन नदिनेसमेत लक्ष्य लिएको छ ।

नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान
अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

२०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.