ला लिगा फुटबल : मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाको शानदार जित
जानकारी केन्द्र
२०७४, भाद्र, २६
लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हरायो ।
बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले बार्सिलोनाबाट गरेको यो ३८ औं ह्याट्रिक हो । यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गर्यो ।
यो खेलमा उस्मान डेम्बेलेले बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनी ६८ औं मिनेटम सबस्टिच्युडको रुपमा मैदान छिरेका हुन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ । राति नै भएको खेलमा लेभान्टेसँग १–१ को बराबरीमा रोकिएको रियल मड्रिड तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ ।
राति भएका अरु खेलमा सेभिल्लाले एइबरलाई ३–० ले हरायो भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

