• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक
  • १९ घण्टा 

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
  • १९ घण्टा 

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
  • २० घण्टा 

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
  • २२ घण्टा 

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • २४ घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • १ दिन 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • १ दिन 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

  • ३. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ४. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • १०. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

सुन तस्करीका मुख्य नाइके माओवादी नेता

admin २०७४, भाद्र, २७

काठमाडौं २७ भदौ ।
काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।
उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ । प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन् । सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन् ।

उनले राजधानीको सानो भर्‍याङ क्षेत्रमा मात्र तीनवटा घर बनाएका छन् । साथै, २२ मेगावाटको अपर चाकु जलविद्युत् परियोजनामा समेत उनको लगानी भएको स्रोत बताउँछ । कतिपय आफ्ना लगानी परिवारका सदस्यहरूको नाममा राखेकाले सम्पत्ति शुद्धीकरणको मुद्दाबाट त्यो पक्षलाई तान्ने सीआईबीले तयारी गरेको छ।

केही वर्षअघिसम्म तातोपानी नाका हुँदै तिब्बततर्फ रक्तचन्दनको व्यापक तस्करी चल्दा पौडेल सक्रिय रहेको प्रहरीको बुझाइ छ । उनी रक्तचन्दनको कमाइलाई सुनतर्फ मोडेर धन्दा विविधीकरण गर्न सफल भएका हुन् । उनकै परिवारका एक सदस्य ५ वर्षअघि डलर अपचलन मुद्दामा केही समय कैद परेका थिए।

gold-finalटोखामा १४ किलोसहित पक्राउ परेका पेम्बा शेर्पाले सुन तस्करी सन्जालमा पौडेलका लागि काम गर्दै आएको खुलेको छ । दीपेन्द्र थापा र सरोज थापाचाहिँ खड्काका लागि काम गर्ने ‘भरिया’ हुन् । पौडेल र खड्का दुवैको प्रत्यक्ष र निरन्तर सम्पर्क चिनियाँ व्यापारीसँग भएको देखिन्छ । ‘तीमध्येकी एक चिनियाँ महिला नियमित नेपाल आउजाउ गर्छिन् र आत्मविश्वासी पाराले नेपाली पनि बोल्छिन्,’ सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन् । ती महिलाको पूर्ण विवरण सीआईबीले पाइसकेको छ।’

वैध सुन व्यापारको आवरणमा अन्तर्राष्ट्रिय तस्करीमा सक्रिय खड्का यसअघि प्रहरीको शंकास्पद सूचीमा परिसकेका व्यक्ति हुन् । उनी पहिले तातोपानी, हाल केरुङ नाकाबाट सुन ओसार्नेबाहेक दुबईमा रहेर नेपालमा सुन पठाउने गिरोहसँग पनि नजिक रहेको स्रोतको दाबी छ । ‘उनको भारतमा तस्करी च्यानलसँग राम्रो सम्बन्ध रहेको हुन सक्छ,’ एक अनुसन्धान अधिकृत भन्छन्।

पौडेल र खड्काले पछिल्लो पटक कुल २२ किलो सुन भिœयाएकामा १५ केजी मात्रै फेला परेको थियो । बाँकी स्थानीय बजारमा खपतका साथै भारत पठाइएको भन्ने पक्राउ परेकाहरूको बयानमा उल्लेख छ।

सीआईबी अपरेसनको केही दिनपछि राजधानीमा ८८ किलो सुन बरामद भयो । महानगरीय प्रहरी अपराध महाशाखाबाट भएको यो बरामदी इतिहासकै सबैभन्दा ठूलो परिमाण हो । तर, उक्त प्रकरणमा प्रहरी अनुसन्धान भरियाका रूपमा प्रयोग भएका ड्राइभरलाई पक्राउ गर्नेबाहेक थप चरणमा अगाडि बढ्न सकेको छैन।

खासाबाट उपभोग्य सामान, लत्ताकपडा आयात गर्दै क्यारिङको काम गरेका पौडेल समय क्रममा रक्तचन्दन, सुनको धन्दामा यति धेरै अगाडि बढेको देखेर चिन्नेहरू आश्चर्यचकित छन् । ‘हुनत उनी चुनावमा ३ करोड रुपैयाँ खर्च भयो भन्दै थिए । सामान्य कमाइले त्यस्तो गर्न कसरी पो पुग्नु ? ‘ एक पूर्व खासा व्यापारी भन्छन्, ‘खर्चपर्चबाहेक उनको राजनीतिक पहुँच पनि गजबकै थियो।’

‘अनुसन्धान भइरहेकाले अहिले व्यक्ति किटान नगरौं’, सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले अन्नपूर्णसँग भने, ‘सुन बरामद प्रकरणमा अभियुक्तहरू संगठित अपराधलगायत सम्भवतः सबै मुद्दामा तानिन्छन् ।’
अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित

ताजा

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.