• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन ०४, २०८२
शनिबार, साउन ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

  • ७. २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

  • ९. सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

  • १०. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

देउवाले असोज ७ मा महासभालाई सम्वोधन गर्ने

काठमाडौं २७ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघीय महासभालाई असोज ७ गते सम्वोधन गर्ने भएका छन् । उनले महासभामा नेपालको पछिल्लो राजनीतिक अवस्था, विश्व शान्तिमा नेपालमा पुर्‍याएको योगदान लगायतका विषयमा बोल्ने छन् । महासभामा १ सय ९३ मुलुकका प्रतिनिधिको उपस्थिति हुनेछ । यसको एक दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रीभोजमा देउवा सहभागी हुनेछन् । अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) अन्तरगत सबैभन्दा ठूलो सहयोग घोषणा गरेलगत्तैको अवस्थामा यो भेट अर्थपूर्ण हुने अधिकारीहरुले बताए । प्रधानमन्त्री देउवासँग साइडलाइनमा अमेरिकी विदेशमन्त्री र उपविदेशमन्त्रीहरुले भेट्ने कार्यक्रम बनिरहेको समेत अधिकारीहरुले बताए ।

महासभामा प्रधानमन्त्रीले दक्षिण एसियाका नेताहरुसँग भेटवार्ता गर्नेछन् । उनी १५ सदश्यीय नेपाली टोलीको नेतृत्व गर्दै अगामी असोज ३ मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । टोलीमा प्रधानमन्त्रीको तर्फबाट ९ जना (तीन सरकारी संचारमाध्यमका पत्रकारसहित) र परराष्ट्र मन्त्रालयको तर्फबाट ६ जना छ । प्रधानमन्त्री भएपछि उनको यो दोस्रो विदेश भ्रमण हो । पहिलो भ्रमणका रुपमा उनी भारत गएका थिए । नेपाल यसपटक अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्मा उम्मेदवार भएकाले पनि उनको भ्रमणलाई परराष्ट्र मन्त्रालयले जोड दिएको थियो । दुई वर्षदेखि महासभामा नेपालको प्रधानमन्त्रीस्तरमा सहभागिता भएको छैन । महासभामा उनले दुई दशकपछि भएको स्थानीय निर्वाचन र मंसिरमा हुन लागेका दुई तहका चुनाव बारे जानकारी दिनेछन् ।

उनले राष्ट्रसंघको साइडलाइनमा अमेरिकी बाहेक अन्य उच्चस्तरीय राजनीतिज्ञहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भइरहेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ । प्रधानमन्त्री देउवाका साथमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पनि रहनेछन् । महरा सोमबार नै चीनको छ दिने भ्रमण सकेर फर्केका छन । राष्ट्रसंघको ७२ औं महासभामा यसपटक पनि सधैंझैं मानव अधिकार, शरणार्थी मामिला, दिगो विकास लक्ष्य, भूपरिवेष्टित र अतिकम विकसित मुलुक, शान्ति निर्माण कोष, पुरातात्त्विक संरचनाको संरक्षण, क्षेत्रीय शान्ति र क्षेत्रीय संगठनको उपस्थितिलगायत दर्जन बढी विषयमा छलफल हुनेछ । सबैमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महराको सहभागिता रहनेछ । विश्व शान्ति सम्बन्धी विविध कार्यक्रममा पनि सहभागिता रहने बताइएको छ । गत वर्ष घोषित दिगो विकास लक्ष्यको कार्यान्वयन, शान्ति स्थापनार्थ नेपालजस्ता मुलुकले गरेको प्रयास, विश्व शान्तिमा जाने सेनाको संख्या बढाउने, अधिकृतको कोटा बढाउने लगायत विषयमा छलफल हुने परराष्ट्र अधिकारीले बताए ।

खाडीका राजदूतहरुलाई ओमानमा निर्देशन दिने

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्कने क्रममा फुलपातीको दिन खाडीस्थित राजदूतहरुलाई निर्देशन दिने छन् । खाडीमा रहेका राजदूतहरुलाई त्यसदिन ओमानको मस्कटमा भेला हुन परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेका छन् । भेलामा साउदी अरेबिया, कतार, बहराइन, इजिप्ट, इजरायल, कुवेत, मलेसियाका राजदूतहरु तथा युनाइटेड अरब इमिरेट्स युएईका कार्यबाहकलाई बोलाइएको छ ।

महराको अध्यक्षमा सार्क बैठक न्यूयोर्कमा

उपप्रधान तथा परराष्टमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठक महासभाको साइडलाइनमा हुनेछ । बैठकमा आगामी सार्क शिखर सम्मेलनको तिथी तय गर्ने बारे छलफल हुने बताइएको छ । बैठकमा सहभागी हुन आठै सदस्य मुलुकका विदेशमन्त्री वा उनीहरु नभए न्यूयोर्क स्थित स्थायी प्रतिनिधी सहभागि हुने छन् । कान्तिपुरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा
    गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
    विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

    लोकप्रिय

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

    विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

    एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

    राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
    • विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज
    • एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध
    • राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट
    • अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.