• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • १६ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • १६ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • २० घण्टा 

क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक
  • २० घण्टा 

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग
  • २३ घण्टा 

अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
  • २३ घण्टा 

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

  • २. अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • ३. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

  • ५. पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

  • ६. एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

  • ७. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

  • ८. माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • १०. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक

admin २०७४, भाद्र, २७

काठमाडौं २७ भदौ ।
निर्वाचन आयोगले मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । दुईवटैसभाको निर्वाचन सँग सँगै तर दुई चरणमा मसिंर १० र २१ गरिने यसअघि नै घोषणा भइसकेको छ ।

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम ल्याइएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि भने असोज २९ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तोकिएको छ ।

आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समय कम रहेकाले निर्वाचनको तयारीलाई तिब्र गतिमा बढाइएको बताए ।

राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा केन्द्रीत भइरहेका बेला आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमको तालिका ल्याएको हो । आयोगले गत शुक्रबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, सरकारले कार्यतालिकाप्रति आपत्ति जनाएपछि आयोगले त्यसदिन निर्वाचन कार्यक्रम सार्वजनिक गरेन । प्रधानमन्त्री सहित मन्त्रीहरुले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्तापछि मात्रै समानुपातिक तर्फको बन्द सूची पेस गर्नुपर्ने गरी कार्यक्रम ल्याउन आयोगलाई आग्रह गरेको थियो ।

तर, आयोगले ल्याएको निर्वाचन कार्यक्रममा त्यस अनुसारको छैन । राजनीतक दलहरुले सुरुमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ भने त्यसपछि मात्रै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता पहिलो चरणका लागि कात्तिक ५ र दोस्रो चरणका लागि कात्तिक १६ गते तोकिएको छ ।

‘कानूनी, प्राविधिक र व्यवस्थापकीय कुनैपनि दृष्टिकोणले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताभन्दा पहिले समानुपातिक तर्फको पहिले गर्न मिलेन’ प्रमुख आयुक्त यादवले भने ‘सबै पक्ष बिचार गरी निर्णय गरिएको छ ।’ उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन कार्यक्रम चलिरहेको र आगामी निर्वाचनको दिनपनि नजिकिदै गएकाले एकदमै चापमा आयोगले गर्नु परिरहेको बताए ।

आयोगले भदौ २५ गतेदेखिबाटै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सुरु भइसकेको जनाएको छ । समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुका लागि भदौ २५ देखि २७ गतेसमम निवेदन पेस गर्नुपर्ने अनिवार्य गरिएको छ । उक्त अवधिमा निवेदन नदिएका दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने आयोगले जनाएको छ ।

राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग अलग समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्ने हुन्छ । बन्दसूचीमा नाम परेकाले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिन नपाउने कानूनी प्रावधान छ । उम्मेदवारको बन्दसूचीको अन्तिम प्रकाशन मसिंर ३ गते गरिने आयोगको कार्यसूचीमा छ ।

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदारको मनोनयन दर्ता, सोही दिन साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारीको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । पहिलो चरणको चुनावी कार्यक्रम तिहार र छठ पर्वको समयमा परेको छ । यसवर्ष कात्तिक २ गते लक्ष्मीपूजा र ९ गते छठ पर्व छ ।

त्यस्तै, मसिंर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, १८ गते उजुरी उपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्द प्रदान गर्ने कार्यतालिका छ ।

आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले आगामी निर्वाचनलाई लक्षित गरी आयोग सम्पूर्ण जनशक्ति र समाग्री व्यवस्थापन देखि अन्य व्यवस्थापिक र प्राविधिक तयारी तथा नीति/निर्देशिका निर्माणमा सम्पूर्ण रुपमा व्यस्त रहेको बताए । ‘निर्वाचन कार्यतालिका आएसँगै निर्वाचन तयारीको चाप थप बढ्ने छ,’ उनले भने । कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग
यस्तो छ आजको मौसम पुर्वानुमान
कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

ताजा

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.