• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, मङि्सर ०१, २०८२
आइतबार, मङि्सर ०१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने

२०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

नेप्सेमा सामान्य अंकको गिरावट

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : बिर्तामोडमा अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण

मधेशका २४ र लुम्बिनीको एक स्थानीय तह बजेटविहीन

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

  • ६. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

  • ७. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ८. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • ९. कुलमान घिसिङद्वारा हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मेलम्ची आयोजनाको अवरोध हटाउन आग्रह

  • १०. सुनचाँदीको मूल्यमा वृद्धि

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं २७ भदौ ।
निर्वाचन आयोगले मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । दुईवटैसभाको निर्वाचन सँग सँगै तर दुई चरणमा मसिंर १० र २१ गरिने यसअघि नै घोषणा भइसकेको छ ।

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम ल्याइएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि भने असोज २९ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने तोकिएको छ ।

आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समय कम रहेकाले निर्वाचनको तयारीलाई तिब्र गतिमा बढाइएको बताए ।

राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा केन्द्रीत भइरहेका बेला आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमको तालिका ल्याएको हो । आयोगले गत शुक्रबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, सरकारले कार्यतालिकाप्रति आपत्ति जनाएपछि आयोगले त्यसदिन निर्वाचन कार्यक्रम सार्वजनिक गरेन । प्रधानमन्त्री सहित मन्त्रीहरुले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्तापछि मात्रै समानुपातिक तर्फको बन्द सूची पेस गर्नुपर्ने गरी कार्यक्रम ल्याउन आयोगलाई आग्रह गरेको थियो ।

तर, आयोगले ल्याएको निर्वाचन कार्यक्रममा त्यस अनुसारको छैन । राजनीतक दलहरुले सुरुमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ भने त्यसपछि मात्रै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुनेछ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता पहिलो चरणका लागि कात्तिक ५ र दोस्रो चरणका लागि कात्तिक १६ गते तोकिएको छ ।

‘कानूनी, प्राविधिक र व्यवस्थापकीय कुनैपनि दृष्टिकोणले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताभन्दा पहिले समानुपातिक तर्फको पहिले गर्न मिलेन’ प्रमुख आयुक्त यादवले भने ‘सबै पक्ष बिचार गरी निर्णय गरिएको छ ।’ उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन कार्यक्रम चलिरहेको र आगामी निर्वाचनको दिनपनि नजिकिदै गएकाले एकदमै चापमा आयोगले गर्नु परिरहेको बताए ।

आयोगले भदौ २५ गतेदेखिबाटै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम सुरु भइसकेको जनाएको छ । समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुका लागि भदौ २५ देखि २७ गतेसमम निवेदन पेस गर्नुपर्ने अनिवार्य गरिएको छ । उक्त अवधिमा निवेदन नदिएका दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने आयोगले जनाएको छ ।

राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलग अलग समानुपातिक तर्फको बन्दसूची पेस गर्नुपर्ने हुन्छ । बन्दसूचीमा नाम परेकाले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिन नपाउने कानूनी प्रावधान छ । उम्मेदवारको बन्दसूचीको अन्तिम प्रकाशन मसिंर ३ गते गरिने आयोगको कार्यसूचीमा छ ।

प्रत्यक्ष तर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदारको मनोनयन दर्ता, सोही दिन साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारीको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । पहिलो चरणको चुनावी कार्यक्रम तिहार र छठ पर्वको समयमा परेको छ । यसवर्ष कात्तिक २ गते लक्ष्मीपूजा र ९ गते छठ पर्व छ ।

त्यस्तै, मसिंर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, १८ गते उजुरी उपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्द प्रदान गर्ने कार्यतालिका छ ।

आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले आगामी निर्वाचनलाई लक्षित गरी आयोग सम्पूर्ण जनशक्ति र समाग्री व्यवस्थापन देखि अन्य व्यवस्थापिक र प्राविधिक तयारी तथा नीति/निर्देशिका निर्माणमा सम्पूर्ण रुपमा व्यस्त रहेको बताए । ‘निर्वाचन कार्यतालिका आएसँगै निर्वाचन तयारीको चाप थप बढ्ने छ,’ उनले भने । कान्तिपुरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
    मधेशका २४ र लुम्बिनीको एक स्थानीय तह बजेटविहीन
    एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

    ताजा

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

    नेप्सेमा सामान्य अंकको गिरावट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
    • २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
    • नेप्सेमा सामान्य अंकको गिरावट
    • नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.