मान्छे बेच्ने लाइ प्रहरीले यसरी समात्यो
जानकारी केन्द्र
२०७४, भाद्र, २७
काठमाडौं,
नेपाल प्रहरीले बताए अनुशार मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न काठमाडौं महानगरपालिका–२९ लैनचौर बस्ने बाग्लुङको साविक रिघा गाबिस–८ का ३७ वर्षीय सागर श्रीसलाई काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट महानगरीय अपराध महाशाखाको प्रहरीले भदौ १८ गते पक्राउ गरेको छ ।
सागर लगाएतका ब्यक्तिहरुले दक्षिण अफ्रिकामा वैदेशिक रोजगारीमा लगाई दिने भनि प्रलोभन देखाई रकम समेत लिई अबैध मार्ग हुँदै दक्षिण अफ्रिका पु¥याई अलपत्र पारेको भन्दै पीडितले उक्त महाशाखामा निबेदन दिएपछि खटिएको प्रहरीले सागरलाई पक्राउ गरेको हो ।
निज सागर, हाल साउथ अफ्रिका बस्ने दाङको साबिक त्रिभुवन नगरपालिका–६ मसिनाका सन्तोष पौडेल र हाल भारतमा एजेन्टको काम गर्ने ऋषि घिमिरे लगायतका व्यक्तिले साउथ अफ्रिकामा महिनामा कम्तीमा ६० हजार तलव र अन्य सुविधाको जागिर पाउने र तुरुन्तै काम हुन्छ भन्दै प्रलोभनमा पारी प्रतिव्यक्ति ६÷६ लाखको दरले असुल गरी गत असार १५ गते भारतको दिल्ली, इथियोपिया, मोजाम्बिक, स्वाजिल्याण्ड हुँदै जंगलको बाटो साउथ अफ्रिकाको बोर्डरसम्म पु¥याई छाडेको खुल्न आएको छ । उक्त बोर्डरमा साउथ अफ्रिकन सेनाले पक्राउ गरी भिषा नभई गैरकानूनी रुपमा आएको भनि १६ दिनसम्म प्रहरी हिरासत तथा साउथ अफ्रिकाको लेनदेला भन्ने ठाउँमा राखी अलपत्र पारेकोमा उक्त महाशाखा तथा साउथ अफ्रिकामा रहेको नेपाली दूतावासको सक्रियतामा पीडितहरुलाई सकुशल उद्धार गरी नेपाल ल्याएको उक्त महाशाखाले जनाएको छ ।
पक्राउ गरेका सागरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भदौ १९ गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको सो महाशाखाले जनाएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

