Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

यसरी हुन्छ गोरखाको एेतिहासिक लिगलिगे दौड प्रतियोगिता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, २
यसरी हुन्छ गोरखाको एेतिहासिक लिगलिगे दौड प्रतियोगिता

 

असोज २, गोरखा, मनोज पराजुली 

 गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिता यस वर्ष असोज ९ गते हुने भएको छ ।

लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि लिगलिग कोट बिकास अभियानले विगत आठ वर्षदेखि लिगलिगे दौडको आयोजना गदै आएको छ ।

लिगलिगे दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडी सम्मको १३ .८ किलोमिटर दुरी पार गर्नुपर्नेछ ।

दौडमा प्रथम हुने खेलाडीलाई नदग ५० हजार  श्रीपेच, पगरी, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीय हुनेले ३० हजार ३ सय ५ ट्रफी,मेडल प्रमाणपत्र र तृतीयलाई नगद २० हजार २ सय ५ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै चौँथो हुनेले नगद १० हजार १ सय ५, पाचौँलाई ५ हजार ५, छैँटौँलाई ४ हजार ४, सातौँलाई ३ हजार ३ र आठौँलाई २ हजार २ नगद प्रदान गरिने लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए ।

त्यस्तैगरी महिलाहरुको खुल्ला र लिगलिगबासीका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुनेलाई क्रमश १५ हजार ५, १० हजार ५ र ५ हजार ५ नगद सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । लिगलिग दौड प्रतियोगिताका लागि १४ लाख ४४ हजार ८ सय रुपैया खर्च हुने अभियानका अध्यक्ष रानाले जानकारी दिए ।

दौडमा सहभागी हुने खेलाडीको सम्र्पुण खर्च आयोजकले नै व्यहोर्ने जनाएको छ । दौडमा सहभागी हुनका लागि असोज ५ गतेसम्म नाम दर्ता गर्न सकिने छ ।

Top Changing Nepal

युट्युब सट्स