Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

रामरहिमकी सहयोगी हनिप्रित धरानबाट पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ४
रामरहिमकी सहयोगी हनिप्रित धरानबाट पक्राउ

बलात्कार ठहरिएर जेल सजायँ भोगिरहेका भारतीय बाबा गुरुमित रामरहिमको सहयोगी हनिप्रित पक्राउ परेको आशंका गरिएको छ ।

सुनसरी प्रहरीले उनलाई धरानबाट पक्राउ गरेको आशंका गरिएको हो ।

रामरहिम बलात्कारी ठहरिएर २० वर्षे कारबासमा गएपछि उनको सहयोगी भनिएकी हनिप्रित नेपालतर्फ भागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका थिए । उनी नेपालका विभिन्न स्थानमा भेटिएको समेत समाचारमा जनाइएको थियो ।

सोहि क्रममा वास्तविक नाम प्रियंका तनेता भएकी उनी धरानबाट पक्राउ परेको आशंका गरिएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार धरान १३ मा रहेको सेवारो सेकुवा कर्नरमा सादापोशाकमा आएका प्रहरीले मंगलबार उनको अनुहारसँग मिल्दोजुल्दो भएकी युवतीलाई पक्राउ गरेको हो । भारतीय युवती र उनकै अनुहारसँग मिल्दोजुल्दो भएकाले पक्राउ पर्ने हनिप्रित नै भएको आशंका गरिएको हो ।

Top Changing Nepal

युट्युब सट्स