Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

प्रहरी र गुण्डा बिच काठमान्डाैको मनोहरामा गोलि चल्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, ७
प्रहरी र गुण्डा बिच काठमान्डाैको मनोहरामा गोलि चल्यो

काठमाडौंको मनोहरामा प्रहरी र गुण्डा समूहबीच गोली चलेको छ शुक्रबार साझँ प्रहरीको गस्ती टोलीमाथि गुण्डानाइके रामेश्वर गौतमसमहूले गोली चलाएको थियो ।

प्रहरीले जवाफी फायरिङमा गण्डा नाइके गौतम गम्भीर घाइते भएका छन् ।उनको घुँडामुनि गोली लागेको प्रहरीले बताएको छ । हाल गौतमलाई थप उपचारका लागि वीर अस्पतालमा लगिएको छ । घुँडामुनि गोली लागेका कारण गाैतमकाे अवस्था खतरा मुक्त रहेकाे बताइएकाे छ ।

घाइते भएका गौतम चक्रे मिलनका मुख्य सहयोगी रहेको प्रहरीले जानकारी दिएको छ । व्यापारीसँग पैसा उठाइरहेको भन्ने उजुरीका आधारमा सो क्षेत्रमा पक्राउ गर्न गएको गस्ती टोलीमाथि नै गोली प्रहार गरेपछि जवाफी फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स