अाठराइमा झुन्डिएको अवश्थामा भेटिए सशस्त्र प्रहरी सहायक निरीक्षक
तेह्रथुम, आठराई
तेह्रथुमको आठराई सक्रान्तीबजार सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ शनिबार राति झुन्डिएको अवस्थामा भेटिएका छन्। एकचालिस वर्षीय गुरुङ घर विदामा बसेका थिए ।
अाफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेका गुरुङको शव लाइ परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने बताइएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ एक महिनाअघिमात्र सक्रान्तिबजार सरुवा भई आएका थिए ।