• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

कार्यकर्ता पोस्न राज्यकोषबाट १० करोड वितरण

काठमाडौं १० असोज सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न मन्त्री र कांग्रेस, माओवादी केन्द्रका उच्च नेता निकटका ८ सय १९ जनालाई १० करोडभन्दा बढी रकम वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरिसकेकाले सरकारलाई कुनै पनि आर्थिक सहायता वितरण नगर्न सचेत पार्दै आए पनि त्यसलाई बेवास्ता गर्दै सरकारले आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको हो ।२ असोजको निर्णय भए पनि सार्वजनिक हुँदा ठूलो विरोध हुने डरले सरकारले त्यसलाई गोप्य राखेको छ । राज्यकोषबाट एकै दिन यति धेरै संख्यामा रकम वितरण गरिएको यो पहिलो पटक हो ।

सरकारले गृहको ठाडो प्रस्तावमा विभिन्न व्यक्तिलाई ५० हजारदेखि ५ लाख रूपैयाँसम्म वितरण गरेको छ । रकम पाउने ८ सय १९ जनाको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आर्थिक सहायता वितरणको निर्णय गरेर त्यसको भोलिपल्ट ३ असोजमा संयुक्त राष्ट्रसंघको १२ औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए ।

गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले राज्यकोषबाट १० करोडभन्दा बढी रकम वितरण गर्ने निर्णय गरेको हो । गृहमन्त्री जनार्दन शर्माको त्रासका कारण गृह मन्त्रालयका सचिव सह-सचिवलगायत अधिकारीले यो प्रस्तावलाई गोप्य नै राखेका छन् ।

गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले राज्यकोषबाट १० करोडभन्दा बढी रकम वितरण गर्ने निर्णय ।

आर्थिक सहायता वितरण सम्बन्धमा विवरण माग्दा गृहसचिव लोकदर्शन रेग्मी सम्पर्कमा आउन चाहेनन् । मन्त्रालयको लेखा शाखाले पनि विवरण गोप्य नै राख्न खोज्यो । लेखा शाखाले पनि त्यससम्बन्धी विवरण प्राप्त भए पनि दिन नमिल्ने बतायो ।‘आर्थिक सहायतावितरण भएको हो तर क-कसले पाए भन्ने कुरा दिन मिल्दैन’, लेखाका एक अधिकारीले सोमबार अन्नपूर्णसँग भने ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले पनि आर्थिक सहायता वितरण भएको सत्य भएको तर आपूmकहाँ त्यससम्बन्धी फाइल आइनपुगेको बताएर पन्छिन खोजे । ‘आर्थिक सहायता वितरणसम्बन्धी निर्णय भएको सत्य हो, विस्तृत विवरण सचिवज्यूकोबाट मकहाँ आउन बाँकी छ’, गृह प्रवक्ता सुवेदीले भने।
मन्त्रालयकै सहजीकरण शाखाका अधिकृत ध्रुवबहादुर शाह विवरण लुकाउन तल्लीन देखिन्थे ।
‘माथिबाटै सबै भएको हो, हामीलाई केही पनि थाहा छैन’, शाहले भने ।माथिबाट निर्णय भएर आर्थिक सहायता पाउनेको सूची भने सहजीकरण शाखामा आइपुगेको उनले बताए । ‘तर यो विवरण दिन मिल्दैन, यसलाई गोप्य नै राख्ने आदेश छ’, शाहले भने ।यसअघि आर्थिक सहायतासम्बन्धी सबै प्रस्ताव गृह मन्त्रालयको सहजीकरण शाखाबाटै अघि बढ्ने गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार आर्थिक सहायता पाउनेमा सत्तासीन दलका नेता-कार्यकर्ता र कथित ठूलाबडा र उनीहरूका आसेपासे छन् ।गृहस्रोतका अनुसार उच्च राजनीतिक पहुँच भएकाले यसरी आर्थिक सहायता पाउँदै आएका छन् । ‘गरिब विपन्न, अशक्त र पहुँच नभएका नागरिक उपचार नपाएर मर्न विवश हुन्छन् तर उनीहरूले उपचार खर्चबापत सुको पनि पाउँदैनन्’ गृहका एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार त्यस्ता विपन्न नागरिकलाई नै आर्थिक सहायता दिने गरी गृह मन्त्रालयले बनाएको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिको खिल्ली उडाउँदै गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उच्च, सम्भ्रान्त र राजनीति पहुँचवालालाई लाखौं बाँड्दै आएको हो ।

दलाल नै छन्

गृह अधिकारीका अनुसार गृहको प्रस्तावमा रकम दिलाउन ठूलै दलाल समूह केही वर्षदेखि सक्रिय छ । त्यो समूहले केही व्यक्ति बिरामी भएको नक्कली प्रमाण बनाएर उनीहरूको निवेदन मन्त्रालयमा दर्ता गराउँछ र मन्त्री तथा राजनीतिक नेतृत्वको पहुँच प्रयोग गरी ती व्यक्तिलाई लाखैाँ आर्थिक सहायता दिलाउने गरेको र त्यसबापत निश्चित कमिसन खाने गरेको गृहका अधिकारीले जनाएका छन् ।

गृहमन्त्रीको प्रस्तावमा ५ करोड बाँडियो

चालु आर्थिक वर्ष ०७४÷७५ साउन-भदौ महिनामा मात्रै गृहमन्त्रीको प्रस्तावमा सरकारले ४ करोड ७६ लाखभन्दा बढी रकम वितरण गरिसकेको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार ५ साउनमा १२ जनालाई १ करोड १२ लाख र १२ साउनको मन्त्रिपरिषद् बैठकले १० जनालाई ८५ लाख वितरण गर्ने निर्णय गरेको थियो ।

यसैगरी, ५ भदौमा ९० जनालाई २ करोड ५९ लाख र १९ भदौमा ८ जनालाई २० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरिएको थियो । स्रोतका अनुसार गृहले आर्थिक सहायता भन्दै हचुवाका भरमा लाखौं रुपैयाँ दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने गरेको छ ।मन्त्रिपरिषद्ले पनि बुझ्दै नबुझी राज्यकोषबाट करोडैाँ रुपैयाँ वितरण गर्ने प्रस्तावलाई हचुवाकै आधारमा निर्णय गर्ने गरेको छ ।

गृहमन्त्रीको मन्त्रालयभित्रै आलोचना

गृहमन्त्री शर्माले मन्त्रालयमा सुधारमुखी मन्त्रीको छवि बनाउन खोजे पनि एकै दिन ८ सय १९ जनालाई १० करोडभन्दा बढी रकम वितरण गर्ने प्रस्ताव लगेको भन्दै मन्त्रालयभित्रै आलोचना भएको छ । ‘गृहमन्त्रीले बारम्बार नैतिकता र इमानदारीको पाठ पढाउने गर्छन् तर मापदण्डविपरीत करोडौं आर्थिक सहायता वितरणको प्रस्ताव आफैं मन्त्रिपरिषद्मा पेस गर्छन्, यसलाई के भनेर बुझ्ने ? ’ गृह मन्त्रालयका एक उपसचिवले अन्नपूर्णसँग प्रश्न गर्दै भने । अन्नपूर्णपोष्टबाट

रकम वितरणको सिलसिला
– साउन-भदौमा ४ करोड ७६ लाख वितरण
– ५ साउनमा १२ जनालाई १ करोड १२ लाख
– १२ साउनमा १० जनालाई ८५ लाख वितरण
– ५ भदौमा ९० जनालाई २ करोड ५९ लाख
– १९ भदौमा ८ जनालाई २० लाख रुपैयाँ वितरण
– असोज २ मा ८१९ जनालाई १० करोड वितरण
– ५० हजारदेखि ५ लाख रुपैयाँसम्म वितरण
– रकम पाउने ८१९ जनाको नाम भने गोप्य
– गृहका अधिकारी प्रस्ताव गोप्य राख्न बाध्य

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य
  • फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न
  • भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
  • निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.