Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

रुसी राष्ट्रपति पुटिनद्वारा रासायनिक हतियार सबै नष्ट गरेको जानकारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १२
रुसी राष्ट्रपति पुटिनद्वारा रासायनिक हतियार सबै नष्ट गरेको जानकारी

मस्को, १२ आसोज :  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिनुभएको छ ।

उहाँले बुधबार साँझसम्ममा रुसमा रहेको अन्तिम रासायनिक हतियार पनि नष्ट गरिने जानकारी दिनुभएको हो । रुसी समाचार समितिले उहाँलाई उद्धरण गर्दै भनेको छ– हामीले रुसमा रहेको अन्तिम यस्तो हतियार पनि नष्ट गर्ने योजना बनाएका छौँ र त्यो हतियार बुधबार अबेरसम्ममा नष्ट गरिनेछ ।

उहाँले तर अमेरिकाले भने यस्ता हतियार नष्ट नगरेको आरोप पनि लगाउनुभएको छ । उहाँले भन्नुभएको छ– हामीले त यस्ता हतियार नष्ट ग¥यौँ तर अमेरिकाले भने गरेको छैन ।

उहाँले यस्ता हतियारहरू नष्ट गर्नेसम्बन्धी समय पूरा भएको भए पनि संयुक्त राष्ट्रसंघले भने यस्ता हतियार नष्ट गर्नका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

Top Changing Nepal

युट्युब सट्स