Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

नवमीको अवसरमा गाडीमा बोका बलि दिइराखेको अवस्थामा न्यु योर्कका नेपाली उबर ड्राइभर रंगे हात पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, १५
नवमीको अवसरमा गाडीमा बोका बलि दिइराखेको अवस्थामा न्यु योर्कका नेपाली उबर ड्राइभर रंगे हात पक्राउ

भर्खरै प्राप्त समाचार अनुसार न्यु योर्कको क्वीन्स सहरमा एक नेपालीलाई दशैंको दशा लागेको छ | नीज बद्रि प्रसाद नवमीको पुनित अवसरमा आफ्नो उबर गरि खाने गाडीमा एक हट्टा कट्टा बोकाको बलि दिइराखेको अवस्थामा स्थानिय प्रहरीहरुले आफ्नो हिरासतमा लिएका छन् | नीजको हातमा रगताम्य खुकुरी पनि बरामद भएको प्रहरीले जनाएको छ | स्थानिय नियेम कानुन अनुसार बलि दिनु अपराध मानिन्छ र 2 वर्षसम्म कैद हुन सक्ने प्रक्रिया भएको बताइएको छ |

तपाईंहरुले पनि दशैंमा बलि दिने सोचीराख्नु भएको भए त्येस्तो नगर्न न्यु योर्क प्रहरी को सुझाब छ |

साभार : बैकल्पिक समाचार

Top Changing Nepal

युट्युब सट्स