• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
  • ६ घण्टा 

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
  • ७ घण्टा 

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
  • ८ घण्टा 

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • २२ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • २३ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

  • ३. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ४. काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ

  • ९. जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

वाम तालमेलपछि सरकारको भविष्य के होला ?

admin २०७४, आश्विन, १८

काठमाडौं १८ असोज । सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा निर्वाचनका लागि समय थोरै भएको तथा संसद्मा बहुमत पुर्‍याउन पनि एमाले, माओवादीलाई सहज नभएकाले तत्काल सरकार फेरिने सम्भावना भने कम देखिन्छ । मंगलबार आयोजित निर्वाचन तालमेल घोषणा कार्यक्रममा पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको प्रयास कांग्रेसलक्षित नभएको भन्दै सरकार फेरबदलमा नलाग्ने संकेत गरेका छन् ।

‘हाम्रो तालमेल कांग्रेसविरुद्ध छैन,’ कार्यक्रममा प्रचण्डले भने, ‘म प्रस्ट पार्छु यो जनता र राष्ट्रको पक्षमा छ ।’ एमाले अध्यक्ष केपी ओलीले पनि तीनदलीय सहमति कसैका विरुद्ध नभएको टिप्पणी गरे । ‘हाम्रो सहमति कसैका विरुद्ध छैन, यो जनताको चाहना हो,’ ओलीले भने, ‘देश बनाउने कुराबाट कोही पनि नझस्के हुन्छ ।’

सरकार नफेरिने प्रचण्डको आश्वासन
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार बिहान र दिउँसो गरी दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । तर, दुवै भेटमा प्रचण्डले आफूहरूले चुनावी तालमेल गरे पनि सरकार फेरबदलतिर नलागेको भन्दै आश्वस्त बनाउन खोजेका थिए । ‘प्रचण्डजीले प्रधानमन्त्रीसँग हाम्रो असन्तुष्टि सरकारसँग होइन, हामीले वापमन्थीबीच मात्र तालमेल गर्न लागेका हौँ भन्नुभएको छ,’ कांग्रेस नेता डा. प्रकाशशरण महतले भने, ‘प्रचण्डजीले अहिलेकै सरकारले निर्वाचन गराउँछ, सरकार फेरबदलको कुरा छैन भन्नुभएको छ ।’

बहुमत पुर्‍याउन समस्या, समयको चाप
आगामी १० र २१ मंसिरको प्रदेश र संघको निर्वाचनअघि सरकार फेरिने सम्भावना न्यून छ । २९ असोजमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने र ५ कात्तिकमा उम्मेदवारको मनोनयन हुने अघिल्लो दिनबाटै यो संसद्को कार्यकाल सकिने भएकाले नयाँ सरकार गठनको गृहकार्य त्यति सहज छैन ।

एमाले र माओवादी केन्द्र मिले पनि सरकार गठन गर्न बहुमत पुग्दैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, कमल थापा नेतृत्वको राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपासहितका साना दलबाट पनि समर्थन आवश्यक पर्छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेश र संघको निर्वाचनको मुखमा सरकार फेर्ने पक्षमा आफ्नो पार्टी नभएको बताइन् । ‘संविधान कार्यान्वयनका निम्ति चुनाव हो, यसकारण यो सरकारलाई हाम्रो समर्थन भइरहन्छ,’ भुसालले भनिन्, ‘हामी निर्वाचनसम्म सरकारमा सहभागी हुन्छौँ ।’

एमालेको जोडबल सरकार फेर्नेसम्म !
एमालेले भने तत्काल सरकार फेर्नेसम्मको विकल्पमा जान माओवादीलाई प्रस्ताव गरेको चर्चा कांग्रेसभित्र भएको छ । सकेसम्म केपी ओली नेतृत्वको सरकार बनाए जसरी फेरि पनि निर्वाचनअघि नै सरकार फेरेर जान सकिने प्रस्ताव एमालेबाट आएको विषयमा मंगलबार कांग्रेस बैठकमा चर्चा भएको थियो । तर, समयको चाप र निर्वाचनको तयारीमा व्यस्त रहनुपर्ने, निर्वाचनको मुखमा सरकार फेर्दा गलत सन्देश जाने भएकाले यही सरकारलाई निर्वाचन गराउन दिने समझदारीमा पुगेको बताइन्छ । नयाँपत्रिकाबाट

‘एमालेको जोडबल सरकार फेरिहालौँ भन्ने आसय आएको देखिन्छ, तर उनीहरूसँग तत्काल बहुमत पुर्‍याउन सक्ने अवस्था छैन । उपेन्द्र यादव र कमल थापासहितका साना दलको समर्थन आवश्यक देखिन्छ,’ कांग्रेस नेता महतले भने, ‘यसकारण उनीहरू तत्काल हच्किएको बुझेका छौँ ।’

कांग्रेस नेता महेश आचार्यले निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने दायित्वबाट नभागी कांग्रेस नेतृत्वको सरकार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गराउन केन्द्रित भएर लाग्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

कांग्रेस अब के गर्छ ?
कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको नयाँ तालमेललाई अस्वाभाविक भनेको छ । आफूसँग लगातार दुईपटकसम्म सत्तागठबन्धन र स्थानीय तहको निर्वाचनमा केही ठाउँमा चुनावी तालमेल गरे पनि दसैँको माहोलमा रातारात माओवादी र एमालेबीच भएको सहमतिलाई कांग्रेसले अस्वाभाविक भएको निष्कर्ष निकालेको हो ।

एमाले र माओवादी केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताको बैठक बसेको थियो । ‘एमाले, माओवादी र नयाँ शक्तिबीचको नयाँ तालमेललाई हामीले अस्वाभाविक रूपमा लिएका छौँ । यस विषयमा हामी बुधबार कार्यसम्पादन समितिको बैठक बसेर थप छलफल गर्छौं,’ नेता डा. प्रकाशशरण महतले भने, ‘कांगेस–माओवादी गठबन्धन समसामयिक मुद्दामा आधारित थियो । संविधानको कार्यान्वयन गर्नेदेखि निर्वाचन गराउनेसम्म हामी इमानदार भएर लागेका थियौँ । प्रचण्डजीले नै यो विषयलाई बहसमा ल्याउनुभएको थियो । गठबन्धनमा उदारताको साथ अघि बढ्यौँ । प्रचण्डले पनि असन्तुष्टि जनाउनुभएको थाहा छैन ।’

एमालेसँगको गठबन्धनबाट माओवादीलाई फाइदा नहुने निष्कर्ष कांग्रेसको छ । ‘कांग्रेससँगको गठबन्धनले माओवादीले सफलता हात पारेको थियो,’ महतले भने, ‘अब एमालेले जतिसुकै प्रतिशत दिन्छु भने पनि उसको सहायक हुने, एमालेको डोमिनेसनमा माओवादी बस्नुपर्ने देखिएको छ ।’

कांग्रेस पनि तालमेलको प्रयासमा
एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेलको प्रयास गर्ने संकेत गरेको छ । मंगलबार सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशरण महतसहितका नेताबीच यस विषयमा अनौपचारिक कुराकानी भएको थियो । बुधबारको कार्यसम्पादन समिति बैठकले विकसित राजनीतिक घटनाक्रमबारे थप छलफल गर्ने भएको छ । ‘हामी पनि अब पार्टीलाई थप एकताबद्ध गर्दै निर्वाचनमा होमिन्छौँ,’ महतले भने, ‘लोकतान्त्रिक शक्तिबीचको एकतालाई जोड दिन्छौँ । यस्ता शक्तिबीच तालमेलको प्रयास गर्छौं ।’`

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

ताजा

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.