चन्द्रपुरका सुमाेहरूको मौकामा चाैका भन्दै यस्तो ब्रम्हलुट
जानकारी केन्द्र
२०७४, आश्विन, २०
चन्द्रपुरका सुमाेहरूले मौकामा चाैका भन्दै ब्रम्हलुट मच्चाइरहेका छन् । नेपालीहरूको महानपर्व दसैँ मान्नका लागि चन्द्रपुर आएका यात्रुहरु काठमाडौँ फर्कदा टाटासुमोहरुले दोब्बर भाडा असुल गरेका हुन् । चन्द्रपुरमा संचालीत टाटा सुमो काउन्टरबाट नै यात्रुहरुसँग तोकिएको भन्दा दोब्बर भाडा असुली कार्य भएकाे हो । टाटा सुमो काउन्टरहरुले सुमोहरुको कृतिम रूपमा अभाव सृजना गरेर यात्रुहरुसँग ब्रम्हलुट गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
काठमाण्डौबाट चन्द्रपुर आउँदा छ सय रुपैयाँ एक जनाको भाडा भए पनि एक हजार पाँच सय रुपैयाँ तिरेर आएको र अहिले काठमाडौँ फर्कदा पनि एक हजार दुर्इ सय भाडा तिर्नुपरेको यात्रुहरु बताउँछन् । चन्द्रपुरकाे मेनरोड र बसपार्कमा रहेका टाटासुमोहरुको टिकट काउन्टरबाट नै सुमोहरुले दशैको टिकाको भोलिपल्ट देखिनै जनही १२ सय रुपैयाँ देखिबाट ८ सय रुपैयाँ सम्म यात्रुसँग भाडा असुल गरेका छन् । चन्द्रपुरबाट काठमाडौँ सयाै साना सवारी साधन ओहर दोहोर गर्छन् । प्रत्येक दिन सुमोको काउन्टरमा आउँदा पनि प्रत्येक काउन्टरले सुमो छैन भन्ने र दोब्बर भाडा असुल्ने यात्रु सिदार्थले बताए । चन्द्रपुरबाट काठमाडौँ जानका लागि यात्रुहरुको सुमो काउन्टरमा बिहानको झिसमिसे देखिबाट निकै भिड लाग्ने गरेकाे छ । तर, १२ सय देखि ८ सय रुपैयाँ सम्म यात्रु तयार भएपछि मात्र सुमो हुन्छ नभए सुमो नभएको जवाफ यात्रुले पाउने गरेका छन् । काठमाण्डौबाट हेटौडा आउँदा र दसैँ मानेर काठमाडौँ फर्कदा यात्रु दुईपटक ठगिन्छन् तरपनि स्थानीय प्रशासनले वास्तै नगरेको यात्रुहरुको गुनासो छ ।
यता तोकिएको भन्दा बढी भाडा लिने टाटा सुमोहरुलाई कानुन अनुसार कार्बाही गरिने ट्राफिक प्रहरी बताउँदै अाएकाे छ । तर, सुमोहरुलाई रोकेर यात्रुसँग बढी भाडा लिएको विषयमा चेकिङ समेत भएको पाइदैन ।
बढी भाडा तिर्ने यात्रुहरु नपाए सम्म सुमो चालकका घर, ग्यारेजमा लगेर राख्ने गरिएको छ । अघिपछी मेनरोडमा यात्रु खोज्नकै लागि पनि ट्राफिककै आखै अगाडी नियम उलंघन गर्दै यात्रु चढाउने गरिएको थियो । तर, अहिले भएका सुमो पनि तिन दिन पछाडिको लागि बुक गछु भन्दा पनि नपाउने स्थिती छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

