साउदी अरबको राजदरबारमा गोली चल्यो , तीनको मृत्यु
जानकारी केन्द्र
२०७४, आश्विन, २४
काठमाडौं, २२ असोज —
साउदी अरबको अल–सलाम राजदरबारमा शनिवार एके–४७ राइफल लिएर पसेको एक व्यक्तिले गोलीबारी गर्दा दुई गार्डको मृत्यु भएको छ । पछि अन्य गार्डहरूले उक्त व्यक्तिलाई गोली हानेर मारेका छन् ।
आक्रमणकारी २८ वर्षीय मन्सूर अल–आमरी भएको बताइएको छ । ऊ साउदी नागरिक भएको थाहा भएको छ ।
साउदी अरबको गृह मन्त्रालयको सुरक्षा प्रवक्ताका अनुसार, आक्रमणकारीले राजदरबारको पश्चिमी गेटमा गोलीबारी गरेको थियो । दुई गार्डको मृत्यु भएको थियो भने तीन मानिस घाइते भएका थिए ।
यसैबीच साउदी अरबमा रहेको अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सचेत रहन चेतावनी जारी गरेको छ ।
आक्रमणको कारण थाहा हुन सकेको छैन । तर यसमा इस्लामिक स्टेट आतंकवादी संगठनको हात हुन सक्ने बताइएको छ ।
राष्ट्रिय सुरक्षा नियोगका अनुसार, साउदी प्रहरीले यही हप्ता आतंकवादी संगठन आईएसका केही अड्डामा छापा मारेर दुईजनाले मारेको अनि पााचजनालाई पक्राउ गरेको थियो ।
एजेन्सी/ नमुना नेपाल
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
