• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • ६ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • ७ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • ७ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • ९ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ११ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ११ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १२ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

  • २. भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

  • ३. राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने

  • ४. पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

  • ५. जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

  • ६. आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, प्रारम्भिक छनोट सुरु

  • ७. गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

  • ८. नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

  • ९. कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?

  • १०. प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (संयुक्त) बीच पार्टी एकता,प्रेस वक्तव्य सहित

admin २०७४, आश्विन, २५

असोज २५, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (संयुक्त) बीच बुधबार पार्टी एकता सम्पन्न भएको छ । बुधबार दिउँसो बानेश्वरको बुद्धनगर पार्टी प्यालेसमा पार्टी एकता कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी एकताको संयुक्त वक्तव्यमा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र ने.क.पा. (संयुक्त) का अध्यक्ष गणेश साहले हस्ताक्षर गर्नुभएको छ । पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको बृहत् एकता र ध्रुवीकरणमार्फत् नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिष्टहरुको काँधमा आएको बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि निकै खुसीको कुरा हो । हामी कम्युनिष्टहरुको एकता र ध्रुवीकरणमार्फत् नेपालमा समाजवादी क्रान्ति र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने ठाउँमा छौं, त्यो जिम्मेवारी हामीले पुरा गर्नैपर्छ ।’

‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरीकाले सोचेन, एउटा नयाँ सोंच र क्रमभङ्गका रुपमा हामी अहिलेको ठाउँमा आइपुगेका छौं’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कतिपय कम्युनिष्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं । निरन्तरतामा क्रमभङ्ग गरेर मात्र क्रान्ति अगाडि बढ्छ, समाज अघि बढ्छ, हामीले त्यही क्रमभङ्गलाई आत्मसात गरेका छौं, नयाँ पार्टी बनाएर, क्रान्तिको नयाँ सिद्धान्त विकसित गरेर समाजवादी क्रान्ति गर्ने सोचका साथ फेरी निरन्तरतामा क्रमभङ्ग गरेका छौं ।’

एकता कार्यक्रममा नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको पार्टी क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिष्ट आन्दोलनमा नयाँ गति पैदा हुने बताउनु भयो । कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, दीनानाथ शर्मा, नेकपा (संयुक्त) का नेता सुनिल मानन्धर लगायतले बोल्नुभएको थियो । एकतासँगै नेकपा (संयुक्त) रहेका तीन सांसद पनि माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् ।

एकता कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४०० जना नेता, कार्यकर्ता समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एकताको घोषणापूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको थियो । यस्तो छ दुई नेताद्धारा हस्ताक्षरित वक्तव्य ।

संयुक्त प्रेस वक्तव्य

देशको क्रान्तिकारी परिवर्तन र लोकतान्त्रिक रुपान्तरणका लागि निरन्तर संघर्ष गर्दै अलग अलग पृष्ठभूमिबाट आएका हामी दुई राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बीच पार्टी एकता गर्न सहमत भएका छौं ।

हामीबीच रहेका कतिपय सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपूर्ण विचारधारात्मक छलफल गर्दै समान धारणा बनाउन प्रयत्न गरिने छ । पार्टी एकतामा आबद्ध सबै तहका नेता तथा कार्यकर्ताको आपसी छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीभित्र यसको संस्थापन कालदेखि नै विचारधारात्मक र राजनीतिक बहस, संघर्ष, विभाजन र एकताका श्रृङ्खलाहरु पार गर्दै आजको स्थितिसम्म आइपुगेको छ । देशका सच्चा वामपन्थी, देशभक्त, कम्युनिष्ट क्रान्तिकारीहरुको विशाल जनमत विभाजित हुँदा सधैं सामन्ती, दलाल र नोकरशाह वर्ग हावी हुने गरेको कुरा आत्मसात गर्दै देशका दुई ठूला राजनीतिक पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायतका पार्टीहरु बीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमति, जनताको चाहना र नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो ऐतिहासिक कदम भएको ठहर गर्दै हामी त्यसको स्वागत गर्दछौं । यसबाट आगामी निर्वाचनलाई परिणाममूखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने कुरामा पनि हामी विश्वस्त छौं ।

नेपाली जनताले लोकतन्त्र र नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि गरेको लामो बलिदानी संघर्ष विशेष गरी महान् जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको नयाँ संविधानमा संस्थागत गरिएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक समेतका जनअधिकारको संस्थागत विकास गर्न हामी प्रतिबद्ध छौं ।

उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका अग्रगामी अधिकारलाई संस्थागत गर्दै सामाजिक न्याय सहितको समाजवादउन्मुख अर्थराजनीतिको विकासका लागि निरन्तर संघर्ष गर्ने सङ्कल्पसहित विभिन्न समूहमा छरिएर रहेका वामपन्थी कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्ने ऐतिहासिक आवश्यकता महशुस गरेका छौं । राष्ट्रियता, राष्ट्रिय अखण्डता र देशको अग्रगामी विकासका लागि विभिन्न समुहमा रहेका प्रगतिशील, वामपन्थी, देशभक्त गणतान्त्रिक शक्तिहरूलाई वृहत ध्रुवीकरणमा सामेल हुन हार्दिक अपील पनि गर्दछौं ।

मितिः २०७४।०६।२५

क. पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

नेकपा (माओवादी केन्द्र)

क. गणेश साह
अध्यक्ष
नेकपा (संयुक्त)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.