फिफाद्वारा पाकिस्तान फुटलब संघ निलम्बित
जानकारी केन्द्र
२०७४, आश्विन, २६
काठमाडौं, २६ असोज । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन गरेको छ ।
पाकिस्तानी फुटबल संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलले मंगलबार गरेको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्बन गरेको हो ।
पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग लिएको छैन ।पाकिस्तानी अदालतले नियुक्त गरेको फुटबल बडीले पिएफएफको कार्यालय र एकाउन्ट नियन्त्रण गरेको फिफा काउन्सिल ब्युरोको ठहर छ ।
निलम्वनपछि पिएफएफले फिफा स्ट्याटसको १३ नम्बर बुँदा अनुसार सबै अधिकार गुमाएको छ । फिफाको २ सय ११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा छ ।
सन् २०१५ को मार्चमा यमनसँग विश्वकप छनोट खेलेपछि पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । पाकिस्तानमा अहिले कुनै व्यावसायिक फुटबल लिग समेत छैन ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

