Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

पाँच कठामा लगाएको केरा काटेर पुर्ण रूपले नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १
पाँच कठामा लगाएको केरा काटेर पुर्ण रूपले नष्ट

रबिन्द्र यादव/नवलपरासी

नवलपरासीमा अज्ञात ब्यक्तिले पाँच कठामा लगाएको केरा काटेर पुर्ण रूपले नष्ट गरेका छन ।
नवलपरासी जिल्लाको सुस्ता गाउपालिका वार्ड न.५ तरयनी दिना नाथ भेडिहार को पाच कठा खेतमा लगाएको केरा गए राति अग्यात ब्यक्तिले जरा बाट काटेर केरा पुर्ण रूपले नष्ट गरेका छन ।किसान भेडिहारले विहान केराको खेतमा काम गर्न जादा केरा पुर्ण रूपले नष्ट भएको देखेपछि आफनो गाउँ घरमा बताए पछि उनको घर परिवार दुखित भएका छन ।किसान भेडिहारले पाच कठा खेतमा सात सय केरा रोपेका मध्ये छौ सय केरा काटेर पुर्ण रूपले नष्ट भएको छ ।
जेठ महिनामा रोपेको केरा असोज महिनामा नै जरा बाट काटेर अग्यात ब्यक्तिले लाखौंको क्षति पुर्याएका छन ।बिहान केरा जरा बाट काटेको देखे पछि प्रहरी चौकी रामनगरमा दोषीलाई उचित करवाई र क्षतिपूर्तिको माग गर्दै उजुरी गरेको किसान भेडिहारले बताएका छन ।
भेडिहारको खेतमा लगाएको केरा हसियाले जरा बाट अग्यात ब्यक्तिले कटेपछि तरयनीका अन्य किसानहरू पनि चिन्चितमा भएका छन ।
दुखित किसान भेडिहारको केरा नष्ट गर्ने अग्यात ब्यक्तिलाई खोजी गरि उचित करवाई गर्ने र दुखित किसानलाई क्षतिपूर्ति दिलाउने नवलपरासी केरा उत्पादक कृषक संगका अध्यक्ष उत्रिचन्न राजभरले बताउनु भयो । नवलपरासीको त्रिबेणी क्षेत्रमा करिब २५ सय भन्दा बढि विगहा को केराखेती गरिएको छ । यश क्षेत्र लाई केराको पकड क्षेत्र पनि मानिन्छ ।

Top Changing Nepal

युट्युब सट्स