युरोपा लिग फुटबल, आर्सनलद्धारा सर्बियाको रेडस्टार बेलग्रेडलाई १–० ले पराजित
जानकारी केन्द्र
२०७४, कार्तिक, ३
काठमाडौं, ३ कात्तिक । युरोपा लिग फुटबलमा इङ्लिस क्लब आर्सनलले सर्बियाको रेडस्टार बेलग्रेडलाई १–० ले पराजित गरेको छ ।
गएराति सर्बियाको बेलग्रेडमा भएको समूह ‘एच’ को खेलमा आर्सनलका लागि ओलिभर जिरुले ८५ औं मिनेटमा निर्णायक गोल गरे । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो ।
युरोपा लिगअन्तर्गतकै अर्को खेलमा एभर्टन भने पराजित भएको छ । एभर्टनलाई उसैको मैदानमा फ्रेन्च क्लब ओलम्पिक लियोले २–१ गोल अन्तरले हराएको हो ।
युरोपा लिग फुटबलकै अन्य खेलहरुमा ईटालीको लाजियोले फ्रान्सको निसलाई ३–१ ले पराजित गर्दा रुसको जेनिथले नर्वेको रोजेनवर्गलाई ३–१ ले तथा स्पेनको रियाल सोसिडाडले मेसेडोनियाको एफके भारदारलाई ६–० ले पाखा लगाएको छ ।
अर्को स्पेनिस क्लव भियारियालले चेक गणतन्त्रको स्लाभिया प्रागसँग २–२ गोलको बराबरी खेल्दा ईटालीको एसी मिलान र ग्रिसको एईके एथेन्सले गोलरहित बराबरी खेलेका छन् । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

