चुनाव सार्न सम्भव छैन , सर्वोच्च अदालत प्रति संखा छ : वाम गठबन्धन (संयुक्त विज्ञप्तिको पूर्ण पाठ सहित )
९ कात्तिक, काठमाण्डौ । वाम गठबन्धनले तोकिएको समयमै चुनाव गर्न आग्रह गरेको छ । सर्वोच्च अदालतले मतपत्रका विषयमा गरेको आदेश पछि चुनाव नहुनेको हो कि भन्ने संसय बढेका बेला वाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गरी कुनै पनि बहानामा चुनाव नरोक्न आग्रह गरेको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको कदमले चिसो पसेको बताए । वाम गठबन्धनले गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अघिल्लो पटक संयुक्त इजलासले दिएको आदेश विपरित एकल इजलासले निर्वाचन प्रक्रिया प्रभावित हुने गरी निर्वाचन आयोगसँग जवाफ मागेकाले आशंका उब्जिएको बताएका हुन् ।
“चिसो पस्यो । यस्तो नहोस् । सबै सजग र सतर्क हुनुपर्छ ।” दाहालले भने ।निर्वाचन विथाल्न खोजिएको आशंका भएकाले नै पत्रकार सम्मेलन गरिएको दाहालले जानकारी दिए ।निर्वाचन विथोलियो वा स्थगित भएको खण्डमा विघटित संसद पुनः व्यूतिने दाहालको तर्क छ । निर्वाचन प्रक्रिया सुरु भएकाले संसद स्थगित भएको भन्दै दाहालले संसदको आयु माघ सात गतेसम्म रहने बताए ।
“संसदको आयु माघ सात गतेसम्म हो । मनोनयन सुरु भएकाले सभामुखले ससंद स्थगित गर्नुभएको हो ।” दाहालको भनाई थियो ।“फरक प्रसङ्गमा दाहालले चुनाव सार्ने वा विथोलिने डरले आफ्ना मन्त्रीहरु फिर्ता नबोलाईएको स्पष्ट पारे । देशलाई गारो नपरोस भन्नका लागि हाम्रा मन्त्रीहरु गारो सहेर पनि सरकारमा बसिरहेका छन् ।” दाहालले भने ।यसअघि पत्रकारहरुलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने,‘ मनोनय भइरहेको छ । यस्तो अवस्थामा निर्वाचनको मिति सार्ने व्यवहारिक नैतिक राजनीतिक कुनै पनि हिसाबले सम्भव छैन । त्यो हुनु हुँदैन । हुन सक्दैन ।’कसैले रहर गर्दैमा चुनाव सर्ने कुरा सम्भव नभएको ओलीले बताए ।“कसैले यदी लोकतान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सह्य हुँदैन ।” ओलीले भने ।कार्यक्रममा दाहालले संसद स्थगन मात्र भएको भन्दै यदि चुनाव रोकिए संसद फेरि ब्युतने दाबी गरे।हेर्नुहोस् संयुक्त विज्ञप्तिको पूर्ण पाठ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

