• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ८ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ८ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १० घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • ११ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १४ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १५ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १५ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

लाहुरे सेक्युरिटी सर्भिस प्रा.ली.ले डेढ करोडभन्दा बढि रकम खाईदिएको पीडित मजदुरहरुको आरोप

admin २०७४, कार्तिक, ९

काठमाडौं, ८ कार्तिक । लाहुरे सेक्युरिटी सर्भिस प्रा.लीका सञ्चालकद्धय श्रीकृष्ण परियार र विशाल परियारले ३५१ जना पीडितहरुको करिब जम्मा एक करोड ५५ लाख ४८ हजार तीन सय ७ रुपैयाँ खाईदिएको भन्दै पीडित मजदुर संघर्ष समितिले सरकारसमक्ष उक्त रकम उठाईदिन माँग गरेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडितहरुले विशेष पत्रकार सम्मेलन गर्दै आफूहरुको परिश्रम हिनामिना गरिदिएको भन्दै तत्काल सरकारले दोषीमाथि कडा कारबाही गरेर आफूहरुको रकम उठाईदिनुपर्ने माँग गरेको छ ।

संघर्ष समितिका अनुसार उक्त रकम भने ड्युटी गरे बापतको तलब, सञ्चय कोष, उपदान, संचित घरबिदा र दशैं बोनस सेवा वापतको रहेको छ ।
संघर्ष समितिको तर्फबाट संयोजक उद्धवप्रसाद दाहालले बोल्दै आफूहरुको परिश्रम बापतको रकम तत्काल सरकारले दिलाउनको लागि पहल गर्नुपर्ने जोड दिए ।

उनले भने,‘हामीले देशभरिका बैंक तथा वित्तिय संस्थामा आवद्ध राज्यको सम्पत्तिको संरक्षक भएर दिनमा २४ घण्टासम्म लगातार उभिएर र रातमा आँखा झिमिक्क समेत नगरी, तराईको प्रचण्ड गर्मीमा र हिमालको कठ्याईघ्रिने जाडोमा आफ्नो ज्यानको प्रवाह नगरीकन कर्तब्य पूरा गरेको तर आफूहरुको परिश्रम भने सञ्चालकहरुले खाईदिए।’

उनका अनुसार कार्यरत पीडितले कम्पनीसँग पैसा माँगे उनीहरुलाई नै जागिरबाट विस्थापित् गराउने काम गरेको छ । उनले अघि थपे,‘हामी कुटिएका छौं, टाउको फुटेको छ, तलब माँग्न जाँदा उल्टै हामीमाथि साँघतिक हमला गरियोे र कतिपय साथीहरुको टाउको फोडिएको छ, राज्यले यस्तो ज्यादती गर्नेलाई तत्काल कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

आफूहरुले यसबारेमा श्रममन्त्रीलाई समेत जानकारी गराएको भएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको पीडितहरुको गुनासो छ । पीडितको आरोप छ,‘प्रहरी प्रशासनलाई समेत हामीमाथि भएको ज्यादती र कुटपीटबारे जानकारी गराउँदासमेत कुनै सुनुवाई भएन, यो ज्यादतीलाई सरकारले तत्काल कदम चाल्नुपर्छ।’

सामाजिक सुरक्षाबापत एक प्रतिशत रकम कट्टा गरेको तर सामाजिक सुरक्षामा दाखिला नगरीकन हिनामिना गरेको, यस विषयमा कर कार्यालयमा समेत निवेदन दिँदा कुनै सुनुवाई नभएको पीडितहरुको गुनासो छ ।

संघर्ष समितिका अनुसार उक्त सेक्युरिटी कम्पनीले अहिलेसम्म कर समेत नतिरेको आरोप लगाएको छ ।

सञ्चालकले ०७२ साल साउनबाट आफूहरुको रकम हिनामिना गरेको पीडितहरुको आरोप छ । संयोजक दाहालले भने,‘हामीले संघर्ष थालेको दुई वर्ष भयो, अब हाम्रो रकम सरकारले क्षतिपूर्तिसहित सरकारले दिलाउनुपर्छ, होईन भने हामी आमरण अनशनमा बस्छौं।’

पीडितहरुमध्ये कतिपय विस्थापित र कतिपय कार्यरत नै रहेको पनि संघर्ष समितिले जनाएको छ । उक्त कम्पनीले हालै सकिएको दशैंमा समेत बोनस नदिएको पीडितहरुले गुनासो पोखे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.