Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

जसले आफुले भेटेको पैसा र कागजात सहितको पर्स फेसबुक मार्फत यसरी सार्बजनिक गरेका छन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १०
जसले आफुले भेटेको पैसा र कागजात सहितको पर्स  फेसबुक मार्फत यसरी सार्बजनिक गरेका छन्

काठमाडौँ ,

एकपटक हराएको सामान फेरी भेटिने सम्भावना कमै हुन्छ . कोहिले अर्काको सामान भेटे ता पनि लोभ लालच मा परेर हतपत फिर्ता गर्दैनन् तर त्यसले गर्दा सामन हराएको मान्छे ले कति पिडा सहनु पर्ला भन्ने सम्म पनि सोच्न नसक्ने  हुन्छन

तर यि इमान्दार युवा  विकेश लाल श्रेष्ठ  ले आफ्नो फेसबुक वाल मा हराएको सामानको फोटो सहित सम्पूर्ण विवरण यसरी सार्बजनिक गरेर सम्बन्धित मान्छे पत्ता लगाउने प्रयाश गरेका छन्  स्वोच्छ, मन भएका विकेश लाल श्रेष्ठ लाई  हृदयदेखि सबैले , धन्यवाद दिदै उनको वालमा कमेन्ट गरेका छन् . यो सामान्य तर माहान कार्य को लागि  विकेश लाल श्रेष्ठ लाई हृदयदेखि धन्न्यबाद , सामान्य कुरामा  इमान्दार भैदीदा पनि मनिस , महान बन्न सक्छन भन्ने ज्ञान  उहाको प्रयाश बाट , पाउन सकिन्छ .

 विकेश लाल श्रेष्ठले आफनो फेसबुक वाल मा यसरी लेखेका छन्

आज विहान तिलगंगा आखा अस्पताल गौशला काठमाण्डौमा मैले एउटा कालो रंगको पर्स भेटेको छु । उक्त पर्समा सरोज सापकोटा नाम गरेको हटिया, मकवानपुर घर भएको सवारी चालक अनुमति पत्र, ७२९० नगद रुपैया ( सात हजार दुई सय नब्बे ) र अन्य कागजात रहेको छ । सो ब्यक्तीलाई चिन्नु हुनेले मोबाइल नं ९८०११०२०४० मा सम्पर्क गराईदिनुहोला।

हामीले विकेश लाल श्रेष्ठ सँग सम्पर्क  गर्दा समन्धित ब्यक्त्ति पत्ता लगाएर सामान फिर्ता गरेको बताउनु भएको छ .

तस्बिर विकेश लाल श्रेष्ठको  फेसबुक बाट

सरोज सापकोटा आफ्नो सामान पाएपछि   विकेश लाल श्रेष्ठ सँग

Top Changing Nepal

युट्युब सट्स