Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

भारतका विश्वासनिय पात्र भन्छन्- “प्रचण्ड नै भारत हुन जसले नेपालमा खेल खेलाउदै छन्”

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७४, कार्तिक, १२
भारतका विश्वासनिय पात्र भन्छन्- “प्रचण्ड नै भारत हुन जसले नेपालमा खेल खेलाउदै छन्”

काठमाडौँ, भारतीय सेनाका पुर्व मेजर जनरल अशोक मेहेताले नेपालमा बाम गठबन्धन स्थायी र राजनीति नभएको कुरा बताएकाछन । अबको निर्वाचनमा काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी एमाले बन्न सक्ने भन्दै नेपालमा काङ्ग्रेस पछिको दोस्रो पार्टी बनाइदिन भारत सामु प्रचण्डले पटक पटक अनुरोध गरेको खुलासा गरेका छन । उनले सोहि उद्देश्य अनुसारनै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनको प्रस्ताव गरेको हुनसक्ने  समेत  कुरा गरेका छन ।यसो त पछिल्लो राजनीतिक घटना क्रम हेर्ने हो भने प्रचण्ड यस्ता पात्र हुदै छन् जो नभई नेपालका कुनै शक्ति पनि अगाडी आउन सक्दैनन। अथवा उनिबीना कुनै सकारात्मक वा नकारात्मक फड्को आज सम्म चल्ने गरेको नै छेन ।

बनाएका भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले एक टेलिभिजन सँग कास्कीमा कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् । भारतमा दक्षिण एसियाकै सुरक्षा विशेषज्ञको रुपमा परिचित मेहताले माओवादी केन्द्रका नेताहरु भारतीय संस्थापनपक्षसँग आफ्नो पार्टीलाई नेपालमा नेपाली कांग्रेसपछिको नेपालको दोस्रो ठूलो र नेपालकै पहिलो ठूलो पार्टी बनाइदिन आग्रह गरेको आफूलाई जानकारी भएको बताए ।वामगठबन्धन निर्माणको व्यापक चर्चा भएको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रातारात कसैलाई थाहै नदिई किन एमालेसँग पार्टी एकता गर्ने उद्देश्यका साथ वाम गठबन्धन निर्माण गरे भनेर सर्वत्र प्रश्न गरिएको छ । यसै सन्दर्भमा उनले अघि भने, “यो कुनै वैचारिक गठबन्धन होइन । कुनैपनि बेला टुट्न सक्छ ।

निकट भविष्यमा नेपालमा हुन गइरहेको संघीय तथा प्रान्तीय चुनावमा जित्ने पार्टीबारे यसै भन्न नसकिने बताउँदै उनले वाम गठबन्धनले बहुमत ल्याउनसक्ने अड्कल गरे । यदि वामगठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा अत्यधिक बहुमत ल्याएर बिजयी भएमा वामगठबन्धन नटुट्ने कुरा औंल्याउँदै मेहताले बराबरीको अवस्था सिर्जना भएमा वामगठबन्धनको निरन्तरतामा प्रश्न उठाए ।मेहताले विगतको मधेशी आन्दोलन चलेका बेला चर्किएको एक मधेश एक प्रदेशको मागलाई सम्बोधन गर्ने बारेमा तात्कालीन प्रधानमन्त्र्री गिरिजाप्रसाद कोइरालाले तात्कालीन भारतीय राजदुत शिवशंकर मुखर्जीको घरमा पुगेर सहमति गरेको जानकारी दिए ।

तात्कालीन भारतले नेपालमा रहेका मधेशी दलहरुलाई एकतृत गरी राष्ट्रिय जनता पार्टी निर्माणमा आर्थिक, भौतिक लगायत सबै प्रकारका सहयोग गरिरहेको खुलाउँदै स्पष्ट नेपाली भाषा बोल्ने राजनीतिक विश्लेषक मेहताले “नेपालको संविधान संशोधनसम्बन्धी विषय भारतले हाललाई स्थगित गरेको र भविष्यमा जुनसुकै बेला यस विषयले प्राथमिकता पाउनसक्ने” संकेत गरे ।कुराकानीका क्रममा पूर्व जनरल अशोक मेहताले नेपाली राजनीतिमा विभिन्न बहाना बनाएर चीनले हस्तक्षेप गरिरहेको पटक–पटक जिकिर गरे ।

Top Changing Nepal

युट्युब सट्स