• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • ९. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • १०. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

यी १८ ठूला नेता: कसको प्रतिस्पर्धा को सँग ?

कात्तिक १३, काठमाडौँ । 

अघिल्ला चुनावहरूमा झैं आगामी संघ र प्रदेश चुनावमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य भिडन्त हुने पक्कापक्की छ, तर यसपल्ट भिन्न रौनक थप्ने विषय बनेको छ– वाम र लोकतान्त्रिक गठबन्धनको नयाँ लहर ।पहिलो चरणमा ३२ जिल्लामा १० मंसिरमा हुने लागेको यो चुनावमा अधिकांश क्षेत्रमा दुईपक्षीय भिडन्त हुने संकेतहरू भर्खरैको उम्मेदवारी मनोनयनबाट प्राप्त भएका छन्।यी जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ क्षेत्र छन्। एमाले र माओवादीले सबै क्षेत्रमा तालमेल गरी उम्मेदवारी दिएका छन् भने कांग्रेसले पनि राप्रपा र नयाँ शक्तिसँग तालमेल गरी उम्मेदवारी दिएको छ। राप्रपाले म्याग्दी, बैतडी र धादिङमा एक/एक प्रदेशसभा सदस्य पाएको छ। बदलामा उसले कतै पनि उम्मेदवारी नदिई कांग्रेस उम्मेदवारलाई सघाउने छ।यता नयाँशक्तिले गोरखा २ मा प्रतिनिधिसभा सदस्य र गोरखा र रसुवामा गरी दुई प्रदेशसभा सदस्यका लागि तालमेल गरेको छ। यी दुई जिल्लाबाहेक अन्यत्र भने नयाँशक्तिले उम्मेदवारी दिने छ। पहिलो चरणको उम्मेदवारी दिएका दलहरू २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्ने अन्तिम तयारीमा छन्।

निर्वाचन आयोगले पहिलो चरणका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी जितहारको लेखाजोखा शुरु भइसकेको छ । अन्नपूर्ण टुडेले स्थानीय तह चुनावको परिणामको आधारमा मुख्य १० निर्वाचन क्षेत्रमा उम्मेदवारको अवस्था आकलन गरेको छ। निर्वाचन क्षेत्रभित्रका स्थानीय तहका वडामा दलहरूले पाएको मतलाई आकलनको मुख्य आधार मानिएको छ।गोरखा २ मा कसले बाजी मार्ला भन्ने प्रश्नको उत्तर सजिलो छैन। किनभने बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवै राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने नेता हुन्।२०६४ मा गोरखा २ र २०७० मा गोरखा १ बाट निर्वाचित भट्टराईले माओवादी परित्याग गरी गठन गरेको नयाँशक्ति गोरखामा स्थानीय तह चुनावको मतका आधारमा तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको कांग्रेससँगको चुनावी तालमेलको फाइदा भट्टराइलाई पक्कै हुनेछ तर क्रमशः पहिलो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र एमालेका साझा उम्मेदवार श्रेष्ठ पनि कमजोर छैनन् ।

२०७० को चुनावमा मकवानपुर २ बाट पराजित श्रेष्ठ यसपटक सुरक्षित क्षेत्र खोज्ने क्रममा आफ्नै गृह जिल्लाबाट चुनाव लड्न लागेका हुन्। भट्टराईलाई गोरखा २ नभई नहुने, श्रेष्ठले छोड्न नमानेपछि वाम गठबन्धनबाट बाहिरिएर नयाँशक्ति कांग्रेसको शरणमा पुगेको थियो। कांग्रेसको समर्थन रहेको भट्टराईलाई राप्रपाको पनि साथ छ ।गोरखा २ को दुईपक्षीय भीडन्तमा जितहारको अनुमान गर्न स्थानीय चुनावमा यो निर्वाचन क्षेत्रमा दलहरूले पाएको मतको लेखाजोखा गर्नुपर्ने हुन्छ। गोरखा २ मा सिरानचोक, सुलीकोट र अजिरकोट गाउँपालिका तथा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाका ७ वटा वडा पर्छन्। यी स्थानीय तहका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा क्रमशः माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, नयाँशक्ति र राप्रपा आउँछन्।

माओवादी केन्द्रले १७ हजार सात सय ४५ मत यो निर्वाचन क्षेत्रभित्रका वडाहरूमा पाएको छ भने कांग्रेसले १६ हजार ६ सय ५४ मत पाएको छ। यस्तै एमालेले सात हजार पाँच ९२ मत पाएको छ भने नयाँशक्ति नेपालले सात हजार पाँच सय ३० मत पाएको छ। राप्रपाले पाएको मत चार सय ६२ छ।एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा २५ हजार तीन सय ३७ हुन्छ भने कांग्रेस, नयाँशक्ति र राप्रपाको मत जोड्दा २४ हजार ६ सय ४६ हुन्छ। अर्थात्, भट्टराई वामगठबन्धनका श्रेष्ठभन्दा ६ सय ९१ मतले पछि देखिन्छन्। गोरखा २ का ९० हजार आठ सय ६२ मतदाताले कसलाई रोज्छन् ? अनुमान सहज छैन।दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि ‘हेभिवेट’ भिडन्त छ। सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका नेता अग्नि सापकोटा र सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत भिड्दैछन्।

स्थानीय चुनावको मतपरिणाम केलाउने हो भने बस्नेत खतरामा रहेको देखिन्छ। यो क्षेत्रमा एमालेको २४ हजार ९७ र माओवादी केन्द्रको १९ हजार नौ सय ८५ गरी वाम गठबन्धनसँग ४४ हजार ८२ मत छ। यता कांग्रेसको २१ हजार तीन सय ९९ र राप्रपाको तीन हजार ६ सय ९९ मत जोड्दा २५ हजार ३८ मत हुन्छ। नयाँशक्ति, संघीय समाजवादी, ताम्सालिङ लोकतान्त्रिक, नेमकिपा, माले र लोकतान्त्रिक फोरम अस्तित्वमा देखिए पनि उपस्थिति न्यून छ। वाम गठबन्धनसँग कांग्रेसभन्दा १९ हजार ४४ मत बढी देखिन्छ। यस क्षेत्रमा कुल एक लाख १४ हजार तीन सय ४४ मतदाता छन्।अर्को रोचक भिडन्त सिन्धुपाल्चोक २ मा हुँदैछ, जहाँ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा छन्।०७० को संविधानसभा चुनावमा तामाङसँगै पराजित भएका राणाले यसपटक हारको बदला लिनेछन् वा राजनीतिक जीवनको सम्भवतः अन्तिम चुनावमा पराजित हुनेछन्, अनुमान गर्न सहज छैन। तर स्थानीय चुनावमा दलहरूले पाएको मत विश्लेषण गर्ने हो भने वाम गठबन्धनलाई पराजित गर्नु राणाका लागि सजिलो छैन।

यो क्षेत्रमा एमालेको ३४ हजार दुई सय ९१ र माओवादी केन्द्रको १९ हजार ६ सय १२ गरी वाम गठबन्धनसँग ५३ हजार नौ सय तीन मत छ। उता कांग्रेससँग २८ हजार आठ सय ९० र राप्रपासँग ११ हजार दुई सय सात मत जोड्दा ४० हजार ९७ मत पुग्छ। १३ हजार भन्दामाथिको मतान्तर पूर्ति गर्नेगरी मतदाताको विश्वास जित्नु राणाको लागि कम चुनौती होइन।पूर्वपञ्च राणाले बहुदल स्थापनापछि ०४८, ०५१ र ०५६ मा चुनाव जितेर ह्याट्रिक गरेका थिए। तर ६४ र ७० माओवादीका उम्मेदवारसँग उनी पराजित भए। यसपटक उनले पराजय टार्लान् वा हारमै ह्याट्रिक बनाउलान् त्यो हेर्न मतपरिणाम नै कुर्नुपर्ने हुन्छ। यो क्षेत्रमा कुल एक लाख १२ हजार एक सय ९६ मतदाता छन्।जनार्दन शर्मा रुकुम पश्चिममा बलिया उम्मेदवार हुन्। ०६४ र ०७० मा रुकुम २ बाट निर्वाचित शर्मा पटक–पटक सरकारमा सहभागी भएर आफ्नो प्रभावकारी उपस्थिति देखाएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजीजंग शाह छन्। स्थानीय चुनावको लेखाजोखा गर्ने हो भने यो क्षेत्रमा वाम गठबन्धनका शर्माले जित्ने देखिन्छ। एमाले र माओवादी केन्द्रसँग ३६ हजार तीन सय २७ मत छ भने कांग्रेससँग १८ हजार चार सय एक मत छ।

करिब दोब्बर मत बढी रहेको वाम गठबन्धनलाई चुनौती दिन कांग्रेससँग भरपर्दा सहयात्री छैनन्। किनभने गठबन्धनमा रहेको राप्रपाको उपस्थिति यहाँ न्यून छ। यो क्षेत्रमा ८४ हजार ३२ मतदाता छन्।प्रदेश १ को ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल चुनावी मैदानमा छन्। ०६४ र ०७० को निर्वाचनमा काठमाडौं ६ बाट पराजित भट्टराईले यसपटक सुरक्षित क्षेत्र खोज्दै गृहजिल्ला पुगेका छन्। तर के ताप्लेजुङका मतदाताले उनलाई सुखद् जित दिलाउलान् ? नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा पाँच वटामा एमाले र चार वटामा कांग्रेसले अध्यक्ष/प्रमुख जितेका छन्।वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत विश्लेषण गर्दा वाम गठबन्धनको पक्षमा २५ हजार ६ सय ३१ र कांग्रेस नेतृत्वको गठबन्धनसँग १९ हजार तीन सय ५२ मत छ। दाहाललाई ६ हजार दुई सय ७९ मतान्तर पूर्ति गर्नु सहज देखिँदैन।स्थानीय चुनावमा ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुखमा पराजित कांग्रेस जिल्ला पूर्वसभापति दाहाललाई प्रतिनिधिसभा चुनावमा मतदाताले कसरी ‘रेस्पोन्स’ गर्छन्, मतगणनासम्म कुर्नुपर्ने हुन्छ। ०६४ को चुनावमा क्षेत्र १ मा कांग्रेसले र २ मा एमालेले जितेकोमा ७० मा भने दुवै क्षेत्रमा एमालेले जित हात पारेको थियो। यहाँ ७८ हजार चार सय ११ मतदाता छन्।

कांग्रेस नेता डा. रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङको चुनावी प्रतिस्पर्धाको सिलसिला कम्ता रोचक छैन। ०६४ र ०७० को चुनावमा महतसँग पराजित तामाङले यसपटक उनको ‘ह्याट्रिक’ रोक्छन् वा आफैं हारको ह्याट्रिक बनाउँछन् हेर्न बाँकी छ। यसअघिका निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने गरेको भए पनि यसपटक दुईपक्षीय भिडन्त भएकोले वाम गठबन्धन बलियो देखिन्छ।०६४ र ०७० को चुनावमा तेस्रो स्थानमा रहेको एमाले र दोस्रो हुने गरेको माओवादी केन्द्रको गठबन्धन महतका लागि चुनौती बन्न सक्छ । स्थानीय तहको मत हेर्दा कांग्रेसभन्दा एमाले अघि छ। एमालेसँग २२ हजार आठ सय ६९ मत छ भने कांग्रेससँग २२ हजार चार सय ५७।माओवादीको १५ हजार एक सय ३१ मत जोड्दा वाम गठबन्धनसँग ३८ हजार मत पुग्छ भने कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाको उपस्थिति यस क्षेत्रमा न्यून छ। यो क्षेत्रमा एक लाख दुई हजार नौ सय चार मतदाता छन्।नुवाकोट १ मा पनि वाम गठबन्धनविरुद्ध जित हात पार्नु कांग्रेसका लागि चुनौतीपूर्ण छ। कांग्रेस नेता अर्जुननरसिंह केसी र एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाबीचको चुनावी भिडन्तको नतिजा अनुमान गर्न सहज छैन तर स्थानीय चुनावको मतका आधारमा हेर्दा वाम गठबन्धनको स्थिति बलियो छ।स्थानीय चुनावमा कांग्रेसले २२ हजार सय १७ मत ल्याएको छ भने राप्रपाको एक हजार आठ सय ४१ मत छ। यता वाम गठबन्धनसँग भने एमालेको १८ हजार नौ सय ६३ र माओवादी केन्द्रको १८ हजार ८० गरी ३७ हजार ४३ मत छ।११ हजार भन्दा बढीको मतान्तर पूर्ति गरी विजयी हुनु केसीका लागि सजिलो छैन। ०६४ को चुनावमा माओवादीसँग पराजित केसी ७० मा भने यही क्षेत्रबाट निर्वाचित भएका थिए। यहाँ एक लाख पाँच हजार दुई सय ८७ मतदाता छन्।

२०६४ मा ललितपुर १ बाट निर्वाचित माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ०७० मा मोरङ ९ बाट पराजित भए। यसपटक उनी आफ्नै गृहजिल्ला रोल्पाबाट चुनाव लड्दैछन् र उनका प्रतिस्पर्धी छन्, कांग्रेस रोल्पाका सभापतिसमेत रहेका वर्तमान सिँचाइ राज्यमन्त्री अमरसिंह पुन।माओवादी केन्द्रको प्रभाव क्षेत्र रोल्पामा एमालेको १४ हजार पाँच सय ८८ सहित वाम गठबन्धनमा ४६ हजार नौ सय चार मत छ। यता कांग्रेससँग २२ हजार पाँच सय ७० मत छ।राप्रपाको समेत मत जोड्दा पनि वाम गठबन्धनसँग दोब्बर मत देखिन्छ। स्थानीय तह चुनावको परिणामका आधारमा विश्लेषण गर्दा यो क्षेत्रमा वर्षमान पुनविरुद्ध जित निकाल्नु कांग्रेस उम्मेदवार पुनका लागि फलामको चिउरा चबाउनुसरह देखिन्छ। रोल्पामा एक लाख २७ हजार ६ सय ६८ मतदाता छन्।७० को चुनावमा दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटमा १ बाट माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेस नेता राजीवविक्रम शाह विजयी भएका थिए । तर यसपटक जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि यी दुई चुनावी मैदानमा आमनेसामने भएका छन् । स्थानीय चुनावको परिणाम हेर्दा वाम गठबन्धनको सामना गर्नु शाहका लागि सजिलो देखिँदैन।एमालेसँगको २० हजार तीन सय ७३ र माओवादी केन्द्रको १६ हजार नौ सय २५ जोड्दा ३७ हजार दुई सय ९८ हुन्छ, तर कांग्रेससँग १९ हजार पाँच सय ५७ मतमात्र छ। १७ हजारभन्दा बढीको मतान्तर पूरा गर्नु कांग्रेसका उम्मेदवार शाहका लागि त्यति सहज देखिँदैन। जाजरकोटका ८३ हजार नौ सय ३६ मतदाताले बस्नेत र शाहको संघीय संसद्को यात्रा तय गर्नेछन्।२०६४ को संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर १ र मनाङबाट विजयी भएका माओवादी केन्द्रका नेता देव गुरुङले यसपटक लमजुङबाट उम्मेदवारी दिएका छन् । स्थानीय तहको चुनावमासमेत जिल्लामा गठबन्धन गरेर चुनाव लडेका एमाले र माओवादी केन्द्रले वडाहरूमा ४० हजार नौ सय ९५ मत ल्याएका छन्।यता कांग्रेसको ३२ हजार सात सय १४ मत छ। राप्रपाको मत नगन्य भएकोले यसबाट घर्तीलाई धेरै राहत मिल्ने देखिँदैन। स्थानीय चुनावको परिणामका आधारमा कांग्रेसका उम्मेदवार घर्तीभन्दा गुरुङको स्थिति बलियो देखिन्छ तर अन्तिममा मतदाताले कसलाई रोज्छन् भन्ने थाहा पाउन परिणाम नै पर्खिनुपर्ने हुन्छ। लमजुङमा कुल एक लाख १५ हजार चार सय ४९ मतदाता छन् । अन्नपूर्ण टुडेबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.