Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

भाइको हत्या गरेको आरोपमा पक्राउ परेकी दिदीले चौकीमै गरिन् आत्महत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १३
भाइको हत्या गरेको आरोपमा पक्राउ परेकी दिदीले चौकीमै गरिन् आत्महत्या

सिरहा, कात्तिक १२ – यौनकाण्ड खुल्ने डरले भाइको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् प्रहरी उनलाई पक्राउ गरेर आज आइतबार बिहान १२ बजे सार्वजनिक गरेको थियो । जसको केही घण्टामै उनले आत्महत्या गरेको सिरहाका डिएसपी गज्जुसिद्धी मानन्धरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।ठूलोबुवाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेसको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

लामो समयसम्म शौचालयबाट नआएपछि हेर्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी जनाएको छ । प्रियंकाले भाइ हत्याको ग्लानीले गर्दा आत्महत्या गरेको प्रहरीको भनाइ छ । यसरी भएको थियो भवेश्वरको हत्यागत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । दिदी प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए ।
प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजनिक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।  योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् ।
प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । उज्यन्लो अनलाइन बाट

Top Changing Nepal

युट्युब सट्स