• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ७ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ७ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ८ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १० घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • ११ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १३ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १३ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

  • ४. २०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. २०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. २०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

वाम एकता कुनै हालतमा नहुने रहस्य खुल्यो, यस्तो रहेछ भित्री कारण

admin २०७४, कार्तिक, १३

पटक पटक हुने कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनले पुनः तताएको छ ।आउँदो मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने यी दलको समझदारी र घोषणाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत ध्यान तानेको छ ।एमाले र माओवादी केन्द्रवीच सहमती भएर वाम गठबन्धन बनेसँगै नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन खडा गर्दै मुलुकमा वामपन्थी हाबी भएमा लोकतन्त्रमा खतरा उत्पन्न हुने चेतावनी दिन थालेको सहजै अनुमान गर्न सकिन्छ ।
नेपालमा रहेको कम्युनिष्ट पार्टीहरुले गरेको वाम गठबन्धनको विरुद्ध नेपाली काँग्रेसले समेत साना दलहरुलाई मिलाएर लोकतान्त्रीक गठबन्धन बनाएको छ ।नेपालमा माक्र्स र लेलीनको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।एमाले र माओवादी केन्द्रका शीर्ष नेता तहमा भएको पार्टी एकताको समझदारी निर्वाचनपछि के हो भन्ने चासो ती पार्टीकै कतिपय नेता, कार्यकर्ता र शुभेच्छुकमा उत्पन्न भएको छ । कतिपयले यो चुनावी एकता मात्र हो भन्ने ठानेका छन् भने कतिपय पार्टी एकता रोकिन नसक्ने औँल्याउन थालेका छन् ।
एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकारले दिने जनाउँदै आएका छन् ।एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले शनिबार ताप्लेजुङमा आयोजित चुवानी सभामा आफूहरू अब कम्युनिष्ट पार्टीको नामको पछाडि कोष्टकमा रहेको नाम ९पुच्छर०हटाई नेपाल कम्युनिष्ट पार्टी निर्माणको अभियानमा जुटेको बताए ।मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएकामा निर्वाचनको उम्मेदवारी बाँडफाँडमा विवाद भएपछि नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनमा सामेल हुनु पुग्यो । राष्ट्रिय जनमोर्चा भने एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलमा जोडिएका छन् ।

एमाले र केन्द्रको पार्टी एकीकरण गर्नेलगायत छबुँदे अन्य साना वाम दल र प्रगतिशील शक्तिलाई पनि सामेल गराउने घोषणा थियो । त्यसलाई पछ्याउँदै नेकपा ९संयुक्त० माओवादी केन्द्रमा समाहित भएको छ भने नेकपा ९माले० को ठूलो समूह एमालेमा एकीकृत भएको छ ।तर नेपाल मजदुर किसान पार्टीले कुनै पनि गठबन्धनमा सामेल नहुने निर्णय गरेको छ भने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमाले र माओवादी केन्द्रको सहयात्राले समाजवादी क्रान्ति पूरा नहुने प्रतिक्रिया दिएका छन् ।एकता संयोजन समतिले पार्टीको नेपाली क्रान्तिको सिद्धान्त विकसित गर्न, साझा विधान र दस्तावेज बनाउन अलग्गै संयुक्त कार्यदल गठन गर्ने तथा एकता नभएसम्म सबै पक्षले नकारात्मक आलोचना नगरी स्वच्छ वैचारिक बहस गर्न पाउने दुई दलको सहमति छ ।
चुनावी तालमेलको सहमतिअनुसार अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ । सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने यी दलको प्रयास भने प्राविधिकरुपमा असम्भव भएको छ ।एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ पार्टी एकता र चुनावी तालमेलको सन्देश दिन जिल्ला, गाउँ र वडा तहसम्म संयुक्त परिचालन एवं संयोजन समिति गठनको कार्य प्रारम्भ भएको बताएका छन् । उनले जनताको चाहना वामपन्थीहरूको नेतृत्व र त्यसपछिको समृद्धि भएकाले त्यो जिम्मेवारी आफूहरूले पूरा गर्ने उल्लेख गरेका छन्माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने चुनावलगत्तै एकता हुनेमा विश्वस्त छैनन् । न्यौपानेले भने, ‘आफ्ना आफ्ना पार्टीभित्रको व्यवस्थापन त जटिल विषय बनेको छ भने एकतामा पुग्न मिलाउन पर्ने अन्य विषय बाँकी नै छन् ।’ तपाइको खबर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.