• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • ६ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • ८ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • ९ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • ९ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • ११ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १३ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १३ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. नयाँ सार्वजनिक सवारी दर्तामा सरकारद्वारा रोक, विद्युतीय गाडी पनि अब दर्ता नहुने

  • २. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ३. नेप्से परिसूचक ३० अंकले बढ्यो

  • ४. विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा

  • ९. नेप्से परिसूचकमा आज १६.३८ अंकको वृद्धि

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’

admin २०७४, कार्तिक, १३

काठमाडौँ । ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्नेसमेत उल्लेख गरेका छन् ।आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य राखेको वाम गठबन्धनले आफूहरु नै लोकतन्त्रको असली पहरेदार र हिमायती भएको घोषणापत्रमा समेटेको छ ।

केही दलले आफूहरु मात्रै लोकतन्त्रको पहरेदार भएको र वाम गठबन्धन प्रजातन्त्रविरुद्ध रहेको भन्दै गरिरहेको प्रचारसमेत आफ्नो कमजोरी लुकाउने र नेपाली जनताको परिवर्तनप्रतिको चाहनालाई अगाडि बढ्न नदिने मानसिकताले आएको अफवाहका रुपमा वाम गठबन्धनले चित्रण गरेको छ ।दुई पार्टीले लोकतन्त्रको नेपाली मोडल र प्रयोग ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’लाई सफल पार्न र विकास गर्ने लक्ष्य लिएका छन् ।तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्न, जीवन फेर्ने जनताको आशा एवं आकांक्षा पूरा गर्न र समाजवादका आधार तयार पार्ने, यसअघिका वामपन्थी सरकारले सामाजिक सुरक्षा र आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको तथ्य नेपाली जनताको अगाडि रहेको भन्दै ती कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणापत्रमा उल्लेख छ ।
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्ध भत्ता वितरणदेखिको सामाजिक सुरक्षाको पहल, विद्युत्भार कटौतीको अन्त्यको दिशामा निर्णायक पहल र ‘नेपालको पानी जनताको लगानी’ जस्ता ऊर्जा क्षेत्र सुधारका ठोस कार्ययोजनालाई पनि प्रमुखरुपमा घोषणापत्रमा समावेश गरिएको छ ।यस्तै, अघोषित नाकाबन्दीविरुद्ध राष्ट्रिय एकताको नेतृत्व गर्दै वैकल्पिक निकासको पहल, चीनसँग पारवहनलगायत ऐतिहासिक सम्झौता, अहिलेसम्मकै उच्च आर्थिक वृद्धि वामपन्थी नेतृत्वको सरकारले गरेका केही नमूनायोग्य काम भन्दै वामपन्थी गठबन्धनले आफूहरुको नेतृत्वमा नै विकास र समृद्धिले फड्को मार्न सक्छ भन्ने स्पष्ट संकेत गरेको घोषणापत्रमा उल्लेख छ ।शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने, द्वन्द्वपीडितलाई न्याय दिने र दिगो शान्ति स्थापना गर्ने लक्ष्य राखेको वाम गठबन्धनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवं हितको रक्षालाई सर्वोपरी स्थानमा राख्ने पनि उल्लेख गरेको छ ।

नेपालको संविधानले स्पष्टरूपमा निर्देशित गरेअनुरुप राष्ट्रिय स्वाधीनता एवं हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवं लाभ र राष्ट्रिय हितका आधारमा छिमेकीलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने घोषणापत्रमा समावेश छ ।संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राष्ट्रिय आवश्यकता अनुसार राष्ट्रिय सुरक्षा नीतिलाई राष्ट्रिय सहमतिका आधारमा ठोस रुपमा कार्यान्वयन गर्ने, मजदुर, किसान र श्रमजीवी वर्गको हितमा समर्पित हुने, स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिने विषय घोषणापत्रमा समेटिएको छ ।नेकपा ९माओवादी केन्द्र० का प्रवक्ता पम्फा भुसालले उम्मेदवारी छनोटको प्रक्रिया सँगसँगै घोषणापत्र तयारीको कामसमेत सम्पन्न भएको बताउनुभयो ।

“आगामी मंसिर २१ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने मिति यही कात्तिक १६ गतेका लागि तय भएकाले यस अवधिमा उम्मेदवार छनोट प्राथमिकतामा परेको जस्तो देखिए पनि घोषणापत्र लेखन पनि सँगसँगै अगाडि बढेको छ”– उहाँले भन्नुभयो ।नेकपा ९एमाले० का केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आर्थिक समृद्धिको आधार तयार पार्ने रणनीतिका साथ घोषणापत्र तयार गरिएको जानकारी दिनुभयो । उहाँले कात्तिक १६ गतेको उम्मेदवारी दर्ता पछि दुई दलको संयुक्त घोषणापत्र सार्वजनिक गर्ने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.