विज्ञापन खेल्न सन्नीले भन्दा दोब्बर मागिन् इशाले
इशा देवल बलिउडमा खासै नाम चलेकी अभिनेत्री होइनन् । उनको अभिनयमा पनि कुनै दम छैन ।यद्यपि, बोल्ड फोटोहरु सार्वजनिक गरेर उनी बेलाबखत चर्चामा आउने गर्छिन् । हालै मात्र उनले आफ्नो इन्स्टाग्राममा केही फोटोहरु सेयर गरिन् । ती फोटोमा उनी टपलेस र न्यूड देखिएकी छिन् । नभन्दै ती फोटोले गर्दा कन्डम उत्पादन गर्ने एउटा कम्पनीको आँखा उनीमाथि पर्यो ।

उक्त कम्पनीमा पोर्न फिल्मबाट बलिउडमा आएकी अभिनेत्री सन्नी लियोनीले ब्रान्ड एम्बेसडरको रुपमा काम गर्दै आएकी थिइन् । तर, उनीसँगको अनुवन्ध तोडेर कम्पनीले इशालाई ब्रान्ड एम्बेसडर बनाउन खोज्यो र प्रस्ताव पनि राख्यो ।तर, इशाको डिमान्ड सुनेपछि कम्पनी हच्कियो । स्रोतका अनुसार इशाले सन्नीले पाइरहेकोभन्दा दोब्बर पारिश्रमिक डिमान्ड गरेकी थिइन् । कम्पनीले उनको डिमान्ड स्वीकार गरेन । बरु सन्नीलाई नै निरन्तरता दिने निर्णय गर्यो बलिउडका मुलधारका अभिनेत्रीहरु भने कन्डमको विज्ञापन खेल्न डराउँछन् । वर्षौं पहिले पुजा बेदीले कन्डमको विज्ञापन खेल्दा निकै आलोचना सहनु परेको थियो । तर, हालै मात्र विपाशा बसुले आफ्नो श्रीमानसँग खेलेको विज्ञापनको भने खासै चर्चा भएन ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

