पूर्वराष्ट्रपति यादवलाई घर खाली गर्न घरधनीको अल्टिमेटम
काठमाडौं, कात्तिक २० – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उनी बस्दै आएको घरधनीले घर खाली गर्न १५ दिनको अल्टिमेटम दिएका छन् ।ललितपुर महानगरपालिका–४ बागडोल बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन सोमबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरेका हुन् ।सूचनामा गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको, घर बहाल र बिजुली महसुलसमेत नतिरी जबर्जस्ती बस्ने बसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको उल्लेख छ ।

घरधनी विष्टले १५ दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्नेसमेत उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति डा.यादव २०७२ कात्तिक १२ देखि सो घरमा बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवास खर्च सरकारले नै बेहोर्ने व्यवस्था छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

