• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

२०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ५. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ७. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • ८. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

  • ९. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

  • १०. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

यी हुन् २९ आफन्त उम्मेदवार: दम्पतिदेखि भदाज्वाँइ हुँदै जेठी सासूसम्म (सुचिसहित)

कात्तिक २४, काठमाडौँ ।

आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार
तीनै कोइराला उम्मेदवार

नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक नवलपुर १ बाट तेस्रोपटक प्रतिस्पर्धामा छन् ।

कृष्णप्रसादका काइँला छोरा अर्थात् बिपीका भाइ केशवपुत्र शेखर मोरङ ६ बाट निर्वाचन लड्दै छन् । त्यस्तै, गिरिजाप्रसादपुत्री सुजाता प्रतिनिधिसभा समानुपातिकको सूचीमा खस–आर्य महिलामा पहिलो नम्बर छिन् । तीनैजना एकै परिवारका भए पनि राजनीतिमा प्रभावशाली भूमिकामा सक्रिय छन् ।

डाक्टर महत दाजुभाइ

कांग्रेसबाट दाजुभाइ डा. रामशरण महत नुवाकोट १ र डा. प्रकाशशरण महत काठमाडौं ५ बाट प्रतिस्पर्धामा छन् । दाइ महत लगातार नुवाकोटबाट निर्वाचन लड्दै आएका छन् । ०४८ को निर्वाचनबाहेक उनी हरेकपटक सफल हुँदै आएका छन् । उता, भाइ प्रकाशशरणले लगातार दुईपटक समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए । यसपालि उनी एमाले महासचिव ईश्वर पोखरेलसँग भिड्दै छन् । उनीहरू कांग्रेसका दुई समूहका उत्तिकै प्रभावशाली नेता हुन् ।

केसी दाजुभाइ नुवाकोटमा

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी नुवाकोट २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनका भाइ एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी नुवाकोट २ (क)मा प्रदेश सभामा उम्मेदवार बनेका छन् । संविधानसभाको पहिलो निर्वाचन हारेका अर्जुननरसिंहले दोस्रो निर्वाचन जितेका थिए । यसपालि उनी एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धा गर्दै छन् । केसी परिवार नुवाकोटको राजनीतिमा प्रभावमा छ ।

देउवापत्नी आरजु प्रत्यक्ष निर्वाचनमा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवार बनेका छन् । देउवा परम्परागत रूपमा डडेल्धुरा र पत्नी आरजु कैलाली ५ बाट लड्दै छन् । ०७० को संविधानसभा निर्वाचनमा शेरबहादुरले कैलाली ६ बाट पनि निर्वाचन जितेका थिए । अहिले क्षेत्र घट्दा सोही ठाउँमा आरजु उठेकी हुन् । आरजुले समानुपातिकबाट कांग्रेसलाई प्रतिनिधित्व गर्दै आएकी छिन् ।

कोइराला परिवारका ज्वाइँ दिलबहादुर

कोइराला परिवारकी भान्जी शैलजा आचार्यका बहिनीज्वाइँ पर्ने दिलबहादुर घर्ती यसपटक लमजुङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । घर्ती आफैँ पनि राजनीतिमा सक्रिय छन् । उनको प्रतिस्पर्धा वाम गठबन्धनका देव गुरुङसँग हुँदै छ ।

राजनीतिभन्दा बलियो नातावाद
खाणदम्पती उम्मेदवार

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणको नाम समानुपातिकतर्फबाट एक नम्बरमा छ । उनकी पत्नी मञ्जुको नाम पनि महिलातर्पmबाट समानुपातिकमै राखिएको छ । मञ्जु खस–आर्य महिला समूहको आठौँ नम्बरकी उम्मेदवार छिन् ।

खुमबहादुरपत्नी पनि सूचीमा

कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा पनि प्रतिनिधिसभामा खस–आर्य कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेकी छिन् । भ्रष्टाचार अभियोगमा सर्वोच्चको अन्तिम फैँसलाबाट जेल सजाय भोगेका खड्का कानुनतः उम्मेदवार बन्न नपाउने भएपछि पत्नीको नाम समावेश गरिएको हो । शिलाको उम्मेदवारी महिला क्रमको नवौँ नम्बरमा छ । ०७० को निर्वाचनमा कांग्रेसले शिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । तर, खुमबहादुरले नाम फिर्ता गराएर समानुपातिकबाट सांसद बनाएका थिए ।

निधिकी जेठीसासू पनि उम्मेदवार

कांग्रेस नेता विमलेन्द्र निधिकी जेठीसासू दीपशिखा शर्मा पनि प्रतिनिधिसभा समानुपातिकमा महिलाबाट ६ नम्बरमा परेकी छिन् । दीपशिखा ०४८ मा सिन्धुली ३ बाट जितेका ध्र्रुव शर्माकी श्रीमती हुन् । पूर्वसांसद शर्माको निधन भइसकेको छ ।

महेश आचार्यका सम्धी र भान्जा

कांग्रेस नेता महेश आचार्य स्वाभाविक रूपमा मोरङ ४ बाट उम्मेदवार छन् । तर, उनका भान्जा दीपेन्द्र ढकालले पनि प्रदेश सभा १ बाट समानुपातिकमा उम्मेदवारी पाएका छन् । त्यति मात्र होइन, आचार्यका सम्धी विश्वनाथ रिजाल पनि मोरङ ४ को (ख)बाट प्रदेश सभाका उम्मेदवार बनेका छन् ।

कोइराला परिवारका भदाज्वाइँ पनि

नोना कोइरालाका भदाज्वाइँ खिमप्रसाद भुसाल प्रतिनिधिसभाको खस–आर्य पुरुषको समानुपातिक उम्मेदवार बनेका छन् । राजनीतिमा नाम नसुनिए पनि उनी खस–आर्यको नवौँ नम्बरमा छन् ।

सीतादेवीका छोरा उम्मेदवार

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव स्वाभाविक रूपमा मधेसी सूचीमा एक नम्बरमा छिन् । तर, उता छोरा डा. सुभाषचन्द्र यादव पनि सिरहा ३ (ख)बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् ।

बलबहादुर केसीकी बहिनी

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट प्रत्यक्षतर्फबाट निर्वाचन लड्दै छन् । ०६४ मा निर्वाचन हारेका केसीले ०७० मा जितेका थिए । यसपालि उनकी बहिनी गोमा केसी पनि प्रतिनिधिसभामा समानुपातिकतर्फ खस–आर्य महिला सूचीको १२औँ नम्बरमा छिन् ।

एमालेमा सक्रिय आफन्तजनलाई टिकट
झलनाथ र भीम आचार्य साढु

एमाले वरिष्ठ नेता झलनाथ खनाल र सचिव भीम आचार्य साढुका रूपमा नातेदार भए पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । खनाल इलाम १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र आचार्य सुनसरी १ (ख)बाट प्रदेश सभामा उम्मेदवार छन् । आचार्यलाई प्रदेश नं. १ को मुख्यमन्त्रीका रूपमा पनि प्रचार गरिएको छ । भोजपुरबाट प्रदेश सभामा उठेका पूर्वमन्त्री शेरधन राई मुख्यमन्त्रीका रूपमा आचार्यका प्रतिस्पर्धी हुन् ।

गौतम पति–पत्नी उम्मेदवार

एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । एमालेकै महिला संघकी उपाध्यक्ष रहेकी उनकी पत्नी तुलसी थापा प्रतिनिधिसभामा समानुपातिकबाट जनजाति महिलातर्फ उम्मेदवार छिन् । छैटौँ नम्बरमा नाम रहेकाले उनी सांसद हुने लगभग निश्चित छ ।

शंकरपत्नी समानुपातिकको सूचीमा

स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २ (क)बाट प्रदेश सभामा उम्मेदवार छन् भने केन्द्रीय सदस्य सुजिता शाक्य प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार छिन् । पोखरेलपत्नी शाक्य जनजाति समूहको महिलातर्फ तेस्रो नम्बरमा छिन् ।

पाण्डे दाजुभाइ प्रत्यक्षमा

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चितवन १ बाट प्रतिनिधिसभामा र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ १ (क)बाट प्रदेश सभामा उम्मेदवार छन् । उनीहरू सहोदर दाजुभाइ हुन् ।

कृष्णगोपाल र श्रीमती उम्मेदवार

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । उनकी पत्नी विना श्रेष्ठ प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । कृष्णगोपाल कडा प्रतिस्पर्धामा छन्, तर समानुपातिकको जनजाति महिलातर्फ पाँचौँ स्थानमा रहेकी विना सांसद बन्ने लगभग निश्चित छ ।

रघुवीरपत्नी जुली उम्मेदवार

केन्द्रीय सदस्य रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । पत्नी जुली महतो प्रतिनिधिसभाकै समानुपातिकतर्फ मधेसी महिलातर्फ पहिलो नम्बरमा उम्मेदवार छिन् ।

विरोध प्रतिनिधिसभा, मनु प्रदेशमा

केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनकी पत्नी मनु सिग्देल ३ नम्बर प्रदेश सभाका लागि समानुपातिकतर्फ खस–आर्य महिलातर्फ दोस्रो नम्बर सूचीमा उम्मेदवार छिन् । मनु एमाले मकवानपुरकी अध्यक्ष पनि हुन् ।

तामाङ र राई पति–पत्नी उम्मेदवार

केन्द्रीय सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट उम्मेदवार छन् । पत्नी उषाकला राई प्रदेश नम्बर १ को प्रदेश सभाका लागि जनजाति महिलातर्फ दोस्रो नम्बर सूचीकी उम्मेदवार छिन् ।

भूमिगतकालमै सक्रिय परिवारजन निर्वाचनमा
प्रचण्ड परिवारबाट चारजना

माओवादी अध्यक्ष प्रचण्डको परिवारबाट चारजना उम्मेदवार छन् । प्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार छन् । भूमिगतकालमा पक्राउ परेकी विनाले सैनिक हिरासतमा चरम यातना पाएकी थिइन् । उनी सरस्वती क्याम्पस स्ववियुकी पूर्वसभापति हुन् । भूमिगतकालमै सक्रिय भाइ नारायण दाहालले ०६४ मा चितवनबाट निर्वाचन जितेका थिए । यसपालि उनी प्रतिनिधिसभाको समानुपातिकमा उम्मेदवार छन् । त्यस्तै, प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ ६ (क) बाट प्रदेश सभामा उम्मेदवार छन् ।

पुन परिवारबाट तीनजना

माओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर दुवै उम्मेदवार छन् । जनयुद्धमा सँगै हिँडेका पुन रोल्पाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र पत्नी ओनसरी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । यस्तै, वर्षमानकी बहिनी लालकुमारी पुन ललितपुर १ (क)बाट प्रदेश सभा उम्मेदवार छिन् ।

हितमान दम्पती दुवै उम्मेदवार

माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौं १० बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र श्रीमती अमृता थापा प्रतिनिधिसभाकै समानुपातिकमा परेकी छिन् ।

शर्मा दाजुभाइ नै निर्वाचनमा

माओवादी नेता जनार्दन शर्मा पश्चिम रुकुम र भाइ अनिल शर्मा काठमाडौं १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छन्।

बस्नेत प्रत्यक्षतर्फ, श्रीमती समानुपातिकमा

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी सत्य पहाडी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् ।

देव गुरुङ प्रत्यक्षमा, श्रीमती समानुपातिकमा

माओवादी केन्द्रका नेता देव गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन् भने पत्नी यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभाकै समानुपातिकमा सूचीमा परेकी छिन् ।

केसीदम्पती उम्मेदवार

माओवादी केन्द्रका अर्का नेता कुलप्रसाद केसी रोल्पा (क)बाट प्रदेश सभा प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् भने श्रीमती तारा घर्ती केसी प्रतिनिधिसभा समानुपातिकमा परेकी छिन् ।

पति–पत्नी नै उम्मेदवार

माओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिनिधिसभा समानुपातिक र श्रीमान् कृष्णध्वज खड्का प्युठान (ख)बाट प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार छन् ।

देवी खड्का परिवारका तीनजना उम्मेदवार

माओवादी केन्द्रकी नेतृ देवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । भाइ विशाल खड्का दोलखा (क)बाट प्रदेश सभा उम्मेदवार छन् । -नयाँ पत्रिका दैनिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)
    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

    २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

    २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

    डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज
    • २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    • डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
    • तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.